बागमतीमुख्य समाचार

ना गाँउमा अलपत्र १० पर्यटकको हेलिकप्टरबाट उद्दार

दोलखा/केही दिन देखिको अविरल बर्षाका कारण दोलखाको रोल्वालीङ क्षेत्रको आवागमन अवरुद्ध हुुदा सङ्कटमा परेका बेदीङ र ना गाँउका वासिन्दा र विद्यार्थीहरुको लागि स्थानीय प्रशासन र गौरीशङ्कर गाँउपालिकाको पहलमा शनिवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न पुु¥याईएको छ ।
गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने यो क्षेत्र च्छो– रोल्पा हिमताल जाने मुुख्य मार्ग हो । सोमवारको अविरल बर्षाले पाँच वटा खोलाको पुल बगाएर ना गाँउमा अलपत्र परेका १० जना पर्यटकलाई सोहि हेलिकप्टरबाट उद्दार गरिएको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले बताउनुु भयो ।
अविरल बर्षाको कारण च्छो– रोल्पा हिमताल जाने मुुख्य मार्गमा पर्ने पाँच वटा खोलाको पुल बगाएको र ठाँउ– ठाँउमा पहिरो गएकोले बेदीङ र ना गाँउसंगको सम्पर्क विच्छेद जस्तो भएको थियो । अविरल बर्षाका कारण यो मार्गमा पर्ने छेङलङु, तीनफाजे, सम्दर र बौला खोलाको पुल पूर्णरुपमा क्षति भएको र अर्को एउटा खोलाको पुल समेत आवतजावत गर्न नसक्ने अवस्थामा पुुगेको वडा अध्यक्ष ङिमगेलीले बताउनु भयो ।


वडा नम्बर– ९ को सिमिगाँउसंग सम्पर्क विच्छेद बनेपछि बेदीङ र ना गाँउका वद्यार्थी सहित झण्डै ६० जनाको दैनिकी कष्टकर बनेको थियो । च्छो– रोल्पा जाने मुुख्य मार्गमा पर्ने बेदीङ र ना गाँउमा ७० वटा घर रहेको छ ।
बेदीङ र ना गाँउका स्थानीयले च्छो– रोल्पा पुुग्ने स्वदेशी तथा विदेशी पर्यटकको लागि होटल व्यवसायसंगै हिमाली याक पालन समेत गर्दै आएका छन् । बेदीङ र ना गाँउमा एक सय ५० भन्दा बढी हिमाली याक समेत रहेको छ ।
बेदीङ र ना गाँउका वासिन्दाको लागि संघिय सांसद गंगा कार्की, प्रदेश सांसद कुुन्दन काफ्ले, गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष विश्वास कार्की, प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेल, वडा नम्बर ९ का वडा अध्यक्ष ङिमगेली शेर्पा लगायतको पहलमा गौरीशङ्कर गाँउपालिकाले व्यवस्थापन गरेको खाद्यान्न पुु¥याईएको थियो ।

सम्बन्धित समाचार