बागमतीमुख्य समाचारसमाचार

अविरल बर्षा पछिको बाढीमा एक बेपत्ता, ८ वटा घर टहरा बगाए

दोलखा/शुक्रवार रातिको अविरल बर्षाका कारण आएको बाढी– पहिरोमा परी दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ डोगाङमा एक जना होटल व्यवसायी महिला वेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले डोगाङको तीन वटा ठूला होटल रहेको घर र पाँच वटा साना टहरा बगाएको गौरीशङ्कर गाँउपालिकाका प्रमुख विश्वास कार्कीले बताउनुभयो ।
पहिरोमा परी छ्योतछ्योत– सिमिगाँउ– रोल्वालीङ हुुदै च्छो– रोल्पा पुुग्ने मुख्य पदमार्गमा पर्ने वडा नम्बर– ९ डोगाङमा होटल व्यवसाय गर्दै आउनुभएको करिब ६० बर्षिय जाङ्मु शेर्पा वेपत्ता भएको प्रहरी निरीक्षक विक्रम लामाले बताउनु भयो । स्थानीय वासिन्दा र सुरक्षाकर्मीहरुले पीडितको उद्दार तथा बेपत्ता जाङ्मुको खोजि गरिरहेको प्रहरी निरीक्षक लामाले बताउनु भयो ।
शुक्रवार बेलुकाबाट लगातार बर्षा भएपछि जिल्लाका सबै नदी तथा खोलाको सतह बढेको र आसपासका सबैलाई सर्तक गराईएको प्रहरी निरीक्षक लामाले बताउनु भयो ।
तामाकोशी नदीको जल सतह बढेपछि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार