अर्थ र ब्यापारबागमतीसमाचार

हाते होजियारी बुनाई तालिम सम्पन्न

दाेलखा/दोलखा सदरमुकाम चरिकोटमा ११ दिने हाते होजियारी बुनाई तालिम सम्पन्न भएको छ । गत फागुन १९ गते देखि उज्यालो भविष्य संस्थाको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा महिलालाई स्वरोजगारबाट उधमी बनाउने उद्देश्यले सुरु भएको सो तालिम मङ्गलवार सम्पन्न भएको हो।

सो अवसरमा नगर प्रमुख ईश्वरनारायण मानन्धरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्न आग्रह गरे । आफुले सिकेका सिपलाई परिमार्जन गरेर सिपलाई निखारता गर्दै अघि बढ्न अनुरोध गरे। महिलाहरूले बनाएका सामाग्रीहरूलाई बजारीकरण गर्नको निमित्त नगर भिमेश्वर नगरपालिकामा सञ्चालित कोसेली घर सँग समेत सहकार्य गरेर त्यहाँ राख्ने वातावरण मिलाउने प्रतिवद्धता जनाए।

तालिमका विशेष अतिथि कमला बस्नेतले तालिमलाई बालुवामा पानी हालेको जस्तो हुन नदिन आग्रह गरिन् । उनले तालिम अवधिभर सिकेको सिपलाई व्यवसायिक सिपमा परिणत गर्दै सिपलाई आयस्रोत बनाउनु पर्नेमा जोड दिइन्।आफ्नै घरमा बसेर जुनसुकै समयमा बनाउन मिल्ने भएकाले आफुले बुनेका सामग्रीले बजार नपाएको खण्डमा बजारिकरण सम्म पुर्याउन भीमेश्वरले सहयोग गर्ने प्रतिबद्धता दिइन् ।

संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको तालिममा नगर नगरका प्रवक्ता तारानाथ चौलागाईं, रेडियो भिमेश्वरका स्टेसन म्यानेजर गोकर्ण भण्डारी, संस्थाका महासचिव निर्जला आचार्य,सचिव सिर्जना श्रेष्ठ अधिबक्ता राम देवि श्रेष्ठ रानु लगायतले मनतव्य व्यक्त गरेका थिए।

११ दिन सम्म सञ्चालन भएको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो।तालिमको सहजिकरण मैया श्रेष्ठले गरेकि थिइन् । कार्यक्रममा २५ जना महिलाहरुले सहभागिता जनाएको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिदै स्वयटर, टोपि , गलबन्दि ,मोजा ,स्क्याप, हेर्पिन ,सुर्के थैली लगायतका सामाग्रीहरु तयार भयोएको जानकारी दिए ।

सम्बन्धित समाचार