कला / साहित्यमनोरन्जनसमाचार

लोकसम्राट कुमार वस्नेतको अभिनन्दन

काठमाडौँ/गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले आफ्नो चौथो बार्षिक उत्सवको अवसरमा बिभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्दै दोलखा शैलुङ स्वर्णिम साँझ– २०८० को आयोजना गरेको छ ।
काठमाडौँको बत्तिसपुतलि स्थित होटल तपसमा आयोजना भएको कार्यक्रममा बरिष्ठ लोक गायक एवं लोक सम्राट कुमार बस्नेतलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा पत्रकारिताको माध्यमबाट दोलखाको पर्यटन प्रवद्धनमा टेवा पु¥याउनु हुने नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामा, कान्तिपुरकर्मी केदार शिवाकोटी र दोलखाली पत्रकार समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई सम्मान गरिएको थियो ।


चौथो बार्षिक उत्सवको अवसरमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्नुहुने सुन्दर खड्का, सन्तोष श्रेष्ठ, बालकृष्ण दहाल, नेप्लीज फेसनको अध्यक्ष हेमा मानन्धर, द्वाल्खा म्यासमुचा खलकको अध्यक्ष बिष्णुलक्ष्मी श्रेष्ठ, साहित्यिक पत्रकार संघको अध्यक्ष राधेश्याम लेकाली, जिल्ला युवा समिति दोलखाको अध्यक्ष भरत रोहण श्रेष्ठ लगायतलाई सम्मान तथा प्रशंशापत्र प्रदान गरिएको गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिका अध्यक्ष प्रविण प्रसाद थपलियाले बताउनु भयो ।
दोलखाको शैलुङ लगायतका क्षेत्रको विकासको लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समाजसेवी एवं राजनीतिज्ञ शोभित उप्रेती, युवा समाजसेवी नवराज खड्का लगायत सक्रिय रहेको र उहाँहरुको सक्रियतामा गौरीशङ्कर च्छो– रोल्पा मिडिया प्रालिले साथ दिएको अध्यक्ष थपलियाले बताउनु भयो ।
कार्यक्रममा बागमति प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले दोलखाको विकासको लागि कलाकार, साहित्यकार, पत्रकार, राजनीतिज्ञ र समाजसेवीले खेलेको भूमिकाको सह्राना गर्नुहुदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी एवं एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेती, लोकसम्राट कुमार वस्नेत, साहित्यिक पत्रकार संघको अध्यक्ष राधेश्याम लेकाली, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्र दोलखाका सचिव ज्योती श्रेष्ठ, नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष अशोक दहाल, दोलखा तामाकोसी गाँउपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, सहकारी अभियन्ता हेमन्त चौलागाई, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बिभिन्न कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा भुल भयो एल्वम विमोचन समेत गरिएको थियो ।

सम्बन्धित समाचार