बागमतीराजनितिसमाचार

सफल व्यवसायी ओलीको एमाले दोलखाको उपसचिवमा उम्मेदवारी

दोलखा/नेकपा एमाले दोलखाको युवा नेता एवं सफल व्यवसायी हरि ओलीले पार्टीको १० औ जिल्ला अधिवेशनमा उपसचिव पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले दोलखाको १० औ जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्य समेत रहेका ओलीले पार्टीलाई बैचारीक तथा सांगठनिक रुपमा बलियो बनाउदै दोलखाको विकास र समृद्धिमा पार्टीको भूमिका प्रभावकारी बनाउन आफुले उपसचिव पदमा उम्मेदवारी दिएको बताए ।
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ९ सुन्द्रावती घर भएका ओली अनेरास्ववियुमा सक्रिय हुदै राजनीतिमा प्रवेश गरेका हुन् । उनले पार्टीको दोलखा– काठमाडौँ सम्पर्क मञ्चको नेतृत्व गर्दै पछिल्लो समय एमाले दोलखाको १० औ जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्य भएर काम गरेका थिए । नेकपा एमालेको मेची– महाकालि पैदल यात्राको अभियानमा सक्रियतापूर्वक सहभागिता जनाएका ओली युवाहरुको बीचमा लोकप्रिय नेता हुन् ।
दोलखा एमालेलाई गतिशिल बनाउदै मिसन– ८४ सफल पार्न युवाहरुको सहभागिता अपरिहार्य हुने भएकोले पनि आफुले उपसचिव पदमा उम्मेदवारी दिएको ओलीको भनाई छ ।

सम्बन्धित समाचार