बागमतीमुख्य समाचारराजनितिसमाचार

नेताको टाउको जोडिएरमात्र एकता सम्भव छैन– महासचिव शङ्कर पोखरेल

दोलखा/नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा समाजवाद स्थापना गर्ने सङ्कल्प सहित नेकपा माओवादी केन्द्रसंग पार्टी एकता गरेको भएपनि अवसरवादी तत्व हावी भएका कारण त्यो सम्भव नभएको बताउनु भएको छ ।
नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा महासचिव पोखरेलले त्यतिबेला पार्टी एक्ताको नाममा तल्लो तहसम्मका कमिटी भङ्ग गरिएको तर एकता भएको तीन बर्ष वित्दासमेत नयाँ कमिटी निर्माण हुन नसकेकैले समस्या देखिएकोे बताउनु भयो । महासचिव पोखरेलले भन्नु भयो– अहिले पनि केही मानिसहरुले पार्टी एकताको हल्ला गरिरहेका छन् तर अब नेताको टाउको जोडिएरमात्र एकता सम्भव छैन एकताको लागि कार्यकर्ताको मन जोडिनु पर्छ ।
महासचिव पोखरेलले अहिले मुलुकको हरेक क्षेत्रमा निराशा व्याप्त रहेको उल्लेख गर्नुहुदै त्यसको अन्त्यको लागि नेकपा एमालेको शसक्त भूमिका आवश्यक हुने बताउनु भयो । अहिले देशका युवाहरु विदेश पलायन भै रहेका छन्, व्यापार व्यवसाय चौपटक छ, मुलुक आर्थिक रुपमा सङ्कटग्रस्त छ, महासचिव पोखरेलले भन्नु भयो– यसको अन्त्यको लागि मुलुकमा एमालेको नेतृत्व आवश्यक छ ।


महासचिव पोखरेलले एमालेमा अहिले पनि अवसरवादी प्रवृत्ति समस्याको रुपमा रहेको उल्लेख गर्नुहुदै त्यसको अन्त्यगर्दै मुलुकको नेतृत्व गर्ने शङ्कल्प सहित अघि बढ्नु पर्ने बताउनु भयो ।
नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज कमल चौलागाई, पोलिटब्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, इश्वरी रिजाल, बागमति प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य सरस्वती वस्नेत, रचना खड्का, आयोजक समितिका सह संयोजक राजेन्द्र मानन्धर, नेपाली कांग्रेसका केशव चौलागाई, नेकपा माओवादी केन्द्रका नरबहादुर पाख्रिन, नेकपा एकिकृत समाजवादीका अध्यक्ष भिम दहाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार