अर्थ र ब्यापारकृषि र सहकारीधर्म/संस्कृतिबागमतीमुख्य समाचार

खुट्टा नकमाएकै कारण मुलुकको प्रधानमन्त्री भए– प्रम दहाल

दोलखा/प्रधानमन्त्री पुष्पकमल दहालले आफुले खुट्टा कमाएको भए मुलुकको प्रधानमन्त्री नै बन्न नसक्ने उल्लेख गर्नुहुदै दह्रोसंग खुट्टा टेकेकै कारण मुलुकको प्रधानमन्त्री बनेको बताउनु भएको छ । शुक्रवार बृहत दोलखा महोत्सव– २०८० को उद्घाटन गर्न सदरमुकाम चरिकोट आउनु भएको प्रधानमन्त्री दहालले अहिले शुशासनको काम गर्दा पनि आफुले दह्रोसंग खुट्टा टेकेको बताउनु भयो ।
प्रधानमन्त्री दहालले मुलुकको अर्थतन्त्रमा पूर्ण सुधार भयो भन्ने अवस्था नरहे पनि विगतको तुलनामा निक्कै राम्रो भएको बताउनु भयो । मैले सरकारको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्र भयङ्कर सङ्कटमा थियो प्रधानमन्त्री दहालले भन्नु भयो– अहिले त्यो अवस्थामा क्रमशः सुधार हुदै गएको छ । प्रधानमन्त्री दहालले सबैले थोरै बल गर्ने हो भने मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्कन सक्ने दावि समेत गर्नु भयो ।
प्रधानमन्त्री दहालले दोलखाको तामाकोशी करिडोर हुदै अघि बढेको चीन र भारत जोड्ने सडकलाई सरकारले उच्च प्राथामिकता दिएको उल्लेख गर्नुहुदै दोलखामा फिल्मशिटी निर्माण गर्ने कुरामा समेत आफुले सकारात्मक काम गरिरहेको बताउनु भयो । दोलखामा फिल्मशिटी निर्माण गर्न सुरुमा मेरै पालामा बजेट छुट्टाईएको हो प्रधानमनत्री दहालले भन्नु भयो– अब पनि म प्रधानमन्त्री भएकै बेला यसको काम अघि बढ्ने छ ।


प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दहालले आफुलाई दोलखा असाध्य मन पर्ने उल्लेख गर्नुहुदै आफ्नो पार्टी शान्ति प्रकृयामा आएपछि पहिलो पटक राजधानि बाहिर चरिकोट र जिरीमा बास बसेको स्मरण समेत गर्नु भयो । दोलखा जिल्ला नेपालको समय मापन गौरीशङ्कर हिमाल भएको जिल्ला, हाम्रो पार्टीको इमान्दार, सक्रिय राजनीतिक योद्धा रितबहादुर खड्काको जिल्ला त्यहि कारण पनि मलाई यहाँ पटक– पटक आउन मन पर्छ– प्रधानमन्त्री दहालले भन्नु भयो ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ, नेपाली कांग्रेसको केन्द्रीय सदस्य जीपछिरीङ लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमति प्रदेशका पूर्व मन्त्री विशाल खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
महोत्सव उद्घाटनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दहालले समाजसेवी प्रभुराम श्रेष्ठ, विदुर शर्मा, दोलखा बैतेश्वर गाँउपालिकाका प्रमुख छवि लामा, च्छो– रोल्पा जनरल अस्पताल, डा. विनोद दंगाल, पत्रकार श्याम खतिवडा, दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धर, जिरी उद्योग बाणिज्य संघ, दोलखा उद्योग बाणिज्य संघ सिंगटी, मागादेउराली र मैनापोखरी शाखा तथा दोलखा वितरक संघलाई सम्मान गर्नु भएको छ ।


स्थानीय उत्पादनलाई प्राथामिकता दिदै सुरु भएको बृहत दोलखा महोत्सव– २०८० आगामी पुष २२ गतेसम्म सञ्चालन हुने सचिव प्रविण श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार