कला / साहित्यबिचार / ब्लग

गजल

सम्राट चाैलागाई

घरी घरी झुटो नाटक नगर न मायालु।

सधै सगै हुने भए पछि नसर न मायालु।

बाचा कसम किन खानु आफ्नो नै हो भने।

रिसाइ रिसाइ आँखा तरि नहेर न मायालु।

तनाब हुन्छ नबोल्दिदा मन मनै आफै जल्छु।

म अघि बड्दा तिमी पछि नपर न मायालु।

आँखा त्यसै रसाएका मेरो मन छैन धमिलो।

कलिलो बैसमा मर्ने बीउ नछर न मायालु।

ओठमा तिम्रो लाली त्यो रङ्ग त्यसै सुवाएको।

खाली तिम्रो मनको घैटो नभर न मायालु।

सम्बन्धित समाचार