बागमतीमुख्य समाचारशिक्षासमाचार

विद्यार्थीहरुको बौद्धिक यात्रा

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ५ माटीका वडा अध्यक्ष बासु श्रेष्ठले वडाबाट आफुले पाउने रकमबाट विद्यार्थीहरुलाई काठमाडौँसम्मको बौद्धिक यात्रामा लानु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर– ५ मा रहेको महेन्द्रोदय मावि, बुढा भीमसेन मावि र आँकुरा बोर्डिङ स्कूलमा अध्यनरत कक्षा ९ र १० का एक सय दुई जना विद्यार्थीलाई काठमाडौँसम्मको यात्रामा लगिएको र त्यहाँ बिभिन्न बौद्धिक व्यक्तित्वसंग भेट गराई बिभिन्न विषयमा अनुभाव आदान– प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । यात्रामा तीन वटा विद्यालयका तीन जना शिक्षक, पत्रकार र वडाका कर्मचारी गरी छ÷सात जना थप सहभागि रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यो नितान्त बौद्धिक यात्रा हो वडा अध्यक्ष श्रेष्ठले भन्नु भयो– यो यात्राको क्रममा विद्यार्थीहरुले नेपालका स्थापित अग्रजहरुसंगबाट बिभिन्न विषयको अतिरिक्त ज्ञान प्राप्त गर्न सक्छन् भन्ने अपेक्षा लिईएको छ ।
तीन दिनको यो यात्राको क्रममा विद्यार्थीहरुले काठमाडौँमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, डाक्टर सन्दुक रुईत, बैज्ञानिक महावीर पुन, चर्चिक कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आजार्च (मह जोडी), बरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतसंग भेट गर्ने छन् । विशिष्ट व्यक्तिहरु संगको भेटको क्रममा विद्यार्थीहरुले सम्बन्धित विषयमा छलफल गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
तीन दिनको भ्रमणमा झण्डै पाँच लाख रुपैया खर्च हुने अनुमान आफुले गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । मेरो बार्षिक पारिश्रमीक (मासिक २० हजार) दुई लाख ४० हजार हुन्छ, वडा अध्यक्ष श्रेष्ठले भन्नु भयो– नपुगेको पैसा म आफ्नो नीजि स्रोतबाट थप गर्ने छु ।


बौद्धिक यात्रामा सहभागि विद्यार्थीहरुलाई आईतवार पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले खादा लगाएर दोलखा सदरमुकाम चरिकोटबाट विदाई गर्नु भएको थियो ।
वडा अध्यक्ष श्रेष्ठले गत बर्ष आफ्नो पारिश्रमिक रकमबाट वडाका जेष्ठ नागरिकहरुलाई पुशपति नाथ मन्दिरसम्मको धार्मिक भ्रमणमा लानु भएको थियो । सो क्रममा जेष्ठ नागरिकहरुले ततकालिन राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका विशिष्ट व्यक्तिहरुसंग समेत भेट गराउनु भएको थियो ।

सम्बन्धित समाचार