कला / साहित्यबिचार / ब्लग

गीत

सम्राट चाैलागाई

मातले हो कि लाजले तिमी

झुक्यौ कसरी।

धनले होला बुद्धिले होला

बडेको यसैगरी।

सुन र पैसा अथाह रैछ

बचत चारैतिर।

लगाएको पहिरन अमुल्य

कसको खातिर।

बजाइ बाजा लावालस्कर

चोकमा बस्ती छ।

न्याएको होकि कमाउन

मान्छेको मस्ती छ।

चिनेनौ गाउँ बजार बस्ती

तिमिलाइ सम्मै छ।

बाटो र घाटो लुटेकै छौ

मन्दिर चाहिँ बाकी छ।

विद्वान हैन बिबेकी हैन

सन्तान छन सुखमा।

मोजै छ मस्ती नै छ सुन

फल्छ बगेको खोलिमा।

सम्बन्धित समाचार