मुख्य समाचारसमाचारसुदूरपश्चिम

बारेकाेट भूकम्प: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३५ जनाको मृत्यु

काठमाण्जाडाै/ जाजरकोटकाे रामिडाँडा बारेकाेट केन्द्र बिन्दु भएर गएकाे मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प जादा अहिलेसम्म जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिलेसम्मको प्राप्त विवरण अनुसार भेरी नगरपालिकामा , नलगाड नगरपालिकामा र छेडागाड नगरपालिकामा गरि ९२ जना काे मृत्यु भएको हाे । भूकम्पमा परी ५४ जना घाइते भएका छन् । घाइतेको जाजरकोट जिल्ला अस्पताल खलंगामा उपचार भैईरहेकाे प्रहरीले जनाएकाे छ । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको समेत मृत्‍यु भएकाे प्रहरीले जनाएकाे छ ।

त्यसैगरी भुकम्पमा परी हिलेसम्म रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार अहिलेसम्मको विवरण अनुसार आठविसकाेट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जना काे मृत्यु भएको हाे । उहाँका अनुसार आठविसकाेट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हाे । त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुकाे मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकाेट नगर अस्पतालमा उपचार भैईरहेकाे छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा घाइतेहरुको उद्धार तथा राहतमा जुट्न निर्देशन दिनुभएकाे छ । भुकम्प प्रभावित क्षेत्रमा स्थलगत भ्रमण गरी त्यहाँकाे अवस्थाकाे बारेमा जानकारी लिने प्रधानमन्त्रीकाे तयारी रहेकाे छ ।

तस्विर साैजन्य: पवन शर्मा, जाजरकाेट/ मेगराज खड्का, रुकुम पश्चिम- रेडियाे नेपाल

सम्बन्धित समाचार