कृषि र सहकारीबागमतीसमाचार

भीमेश्वर मन्दिर परिसरमा डस्विन

दोलखा/दोलखाको बैतेश्वर गाँउपालिका स्थित मैनापोखरी बजारमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले प्रसिद्ध भीमेश्वर मन्दिर परिसरको फोहर व्यवस्थापनको लागि डस्विन वितरण गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मन्दिर परिसरमा राख्न १२ थान डस्विन वितरण गरेको व्यवस्थापक नवराज दहालले बताउनु भयो । यो सानो सहयोगले मन्दिर परिसरमा रहेको फोहर– मैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा संस्थाले लिएको छ– व्यवस्थापक दहालले भन्नु भयो ।
संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जिल्लाको मैनापोखरी बजार लगायत अन्य बिभिन्न ठाँउमा समेत डस्विन वितरण गरेको व्यवस्थापक दहालको भनाई छ ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका सचिव कमलप्रसाद दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार