काठमाडौँ/दोलखाका असल समाजसेवी एवं सफल व्यवसायी स्व. शान्तबहादुर उप्रेतीको प्रथम बार्षिक पुन्य तीथिको अवसरमा मंगलवार स्व. शान्तबहादुर उप्रेतीको बारेमा लेखिएको पुस्तक मधुर स्मृति ग्रन्थ विमोचन एवं स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौको काडाँघारीमा डिठ्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले आयोजना गरिएको कार्यक्रममा स्व. शान्तबहादुर उप्रेतीको धर्मपत्नी नीलकुमारी उप्रेती र जेष्ठ नागरिक दुर्गाप्रसाद उप्रेतीले स्मृति ग्रन्थ पुस्तक विमोचन गर्नु भएको थियो ।
डिठ्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीको सभापतित्वमा सम्पन्न स्मृति कार्यक्रममा पूर्व मुख्य न्यायधिश दुर्गाप्रसाद उप्रेती, बरिष्ठ अधिवक्ता लक्ष्मी प्रसाद उप्रेती, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, प्रेस चैतारी नेपालको बागमति प्रदेश अध्यक्ष सरद सापकोटा, नेपाली कांग्रेसका नेता तारा बहादुर खड्का, नेकपा एमालेका नेता गणेश शिवाकोटी, जेष्ठ नागरिक दुर्गाप्रसाद उप्रेती, डिठ्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानका सचिव हिरष्यराज उप्रेती, कोषाध्यक्ष राजेश उप्रेती लगायतले स्व. शान्तबहादुर उप्रेतीको व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।
दोलाखमा रहेर लामो समय राजनीति, व्यवसाय र समाजसेवामा सक्रिय स्व. शान्तबहादुर उप्रेतीको गत बर्ष काठमाडौँमा स्कुटर दुर्घटनामा परी निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्