कला / साहित्ययो पनि

शनिवारकाे साहित्य

गजल

सम्राट चौलागाई

आज तिमी र म लडाई गरौन
तिता– मिठा झगडाले, घडा भरौन ।

प्रतिक्षा गर्छु म, तिम्रो झर्रा बोलीको
डाहा गर्लान अरुले, बसाई सरौन ।

चम्कने छ तारा पनि, तिम्रो आवेगमा
तिमी बच्चा म बालक, एउटै बनौन ।

ठूलो स्वरमा तिमी बोल, सुन्ने म छु
रिस– राग शान्त पारी, आँखा तरौन ।

झगडाले शान्त हुन्छ, दुबैको मन
रिसाएको तिमी कस्ती हुन्छौ, अब हेरौन ।

सम्बन्धित समाचार