कला / साहित्यधर्म/संस्कृतिमुख्य समाचारसमाचार

२८ बर्ष पछि फर्किएका बज्रधर ईन्द्र

दोलखा/दोलाखको धेरै पहिचान छ । नेपालमा पहिलो सिक्काको प्रचलन भएको दोलखा सहर मन्दिर र मूर्तिहरुको सहर पनि भनिन्छ । उजोत देवले दोलखा सहरमा शासन गरेको समय नेसं ५९० (विसं १५१६) मा राजा इन्द्रको प्रतिक स्वरुप स्थापना गरिएको बज्रधर ईन्द्रको मूर्तिक झण्डै तीन दशक अघि हराएको थियो ।
हरेक बर्ष भदौमा इन्द्रजात्राको पाँच दिन प्रर्दशन गरिने बज्रधर ईन्द्रको मूर्ती हराएको २८ बर्षपछि बेलायत निवासी डा.एमिलिन स्मिथको विशेष पहलमा हङकङ हुदै नेपाल फर्कीएको हो । गत बर्षको भदौमा यो मूर्ति हङकङ स्थित अन्तराष्ट्रिय आर्ट डिलर रोस्सी एण्ड रोस्सीसंग सङ्कलनमा रहेको जानकारी सम्पदा खोजि अभियान अस्ट आर्टस अफ नेपालले दिएको थियो । यो दोलखाबाट हराएको जानकारी भएपछि हङकङ स्थित महाबाणिज्य दुतको कार्यालय मार्फत दोलखा भित्रिएको हो ।
आजको दिन हाम्रो लागि कुनै उत्सव भन्दा कम छैन, हामीले आजको दिनलाई हराएको अभिभावक फर्कीएको शुखद दिन मानेका छौ – शुक्रवार २८ बर्ष पछि फर्कीएको मूर्ती प्रतिस्थापनको माहौलमा रमाएका स्थानीय राजेन्द्र श्रेष्ठले भने ।
२०५२ साल भदौ १४ गते कोर्छेको श्रेष्ठ खलकको गुठी परिवारबाट चोरी भएको बज्रधर ईन्द्रको मूर्तिलाई बाजागाजा सहित खटमा राखेर भजन किर्तन सहित नगर परिक्रमा गराईएको थियो । २८ बर्ष पछि घर फर्कीएको बज्रधर ईन्द्रको मूर्ति हेनै सयौ संख्यामा दोलखा र आसपासका मानिस भेला भएका थिए ।
बज्रधर ईन्द्रको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराईए पछि भीमेश्वर मन्दिरको भण्डार घरमा लगि राजमुकुट पहि¥याईएको थियो । त्यसपछि कोर्छे टोलका जेष्ठ नागरिक कृष्णकुमार श्रेष्ठले विधि पुर्वक पुजा गरेर दुधले स्नान गरी मुकुटसहित बज्रधर ईन्द्रलाई हराएको घरको आ“खीझ्यालमा लगेर सबैलाई दर्शन गराएका थिए ।
बज्रधर ईन्द्रको मूर्ति हराएपछि दोलखा सहरमा जात्रा पर्वनै मासिएला जस्तो भएको थियो स्थानीय ज्ञानेन्द्र प्रधानले भने– मूर्ति फर्किएपछि सहरमा रौनक आएको छ ।
राजा इन्द्रको प्रतिक मानिएको बज्रधर ईन्द्रको मूर्तिलाई बुद्धको प्रतिमा समेत ठानिने गरिन्छ । पलेटी मारेर बसेको मुर्तिको दाया“बा“या हातमा बज्र रहेको छ । बौद्ध परम्परा अनुसार बज्रयान परम्परा अन्र्तगतको मुर्ति भएकाले यसलाई बुद्धको मुर्ति पनि भनिएको इतिहासका जानकार स्थानीय तीर्थ नारायण जोशीले बताए ।
मूर्ति दोलखा सहर भित्रदा पर्यटन राज्यमन्त्री शुसीला सिपाईली, जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, संस्कृतका अध्यता स्थानीय शान्तकृष्ण श्रेष्ठ, सुनिल मास्के, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

बज्रधर ईन्द्र

सम्बन्धित समाचार