दोलखा/दोलखामा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनको शाखा गठन भएको छ । कानुन व्यवसायी राजेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा शाखाको गठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा पुष्कर वस्नेत, सचिव देवराम बुढाथोकी, कोषाध्यक्ष सन्तोष प्रसाद बिमली र सदस्यहरु लक्ष्मी प्रसाद थपलिया, पदमराज शिवाकोटी र नारायणप्रसाद सेढाई रहनु भएको छ । एमाले नेता दाेलखा बारकाे पूर्व अध्यक्ष एवम् बागमति प्रदेश सभा सदस्य भरत बहादुर केसीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन केन्द्रीय प्रतिनिधि एवं दोलखा इन्चार्ज प्रविण कुमार प्रधान, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्