धर्म/संस्कृतिबागमतीमुख्य समाचारसमाचार

चैतको मध्यमा कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखा/दोलखाको उच्च पर्यटकीय केन्द्र कालिञ्चोक क्षेत्रमा शुक्रवार हिमपात भएको छ । विहानै देखि चिसो बढेपछि शुक्रवार दिउँसो साढे तीन बजेबाट हिमपात सुरु भएको हो ।
हिमपातका कारण जनजिवन प्रभावित बनेपनि कालिञ्चोक मन्दिर दर्शन र प्राकृतिक क्षेत्र भ्रमणको लागि कालिञ्चोक पुगेका पर्यटकहरु हिउँमा रमाएको कुरीमा रहेको होटल सुनपातीका राजन क्षेत्रीले बताउनु भयो ।
पुष र माघ महिनामा हिमपात नभएको तीन हजार आठ सय ४२ मीटर उँचाईमा रहेको कालिञ्चोक क्षेत्रमा फागुन १३ गते पहिलो पटक हिमपात भएको थियो । त्यस यता यो क्षेत्रमा चार पटक हिमपात भै सकेको क्षेत्रीले बताउनु भयो ।
धार्मिक एवं सांस्कृतिक महत्वको कालिञ्चोक प्राकृतिक सुन्दरताको लागि समेत प्रसिद्ध छ । कालिञ्चोक भगवती मन्दिर परिसरमा जलकुण्ड समेत रहेको छ । यहाँको मुख्य विशेषता यहि जलकुण्ड हो । कालिञ्चोक टाँकुरामा अवस्थित जलकुण्डमा कतैबाट पानी आउने ठाँउ देखिदैन तर जलकुण्डको पानी हरेक मौसममा कायम रहन्छ । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ ।

सम्बन्धित समाचार