बागमतीमुख्य समाचारराजनितिशिक्षासमाचार

स्ववियु निर्वाचनः तीन क्याम्पसमा तीन विद्यार्थी संगठनका सभापति

दोलखा/दोलखाको तीन वटा क्याम्पसमा आईतवार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीनवटै सङ्गठन एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका एक÷एक जना सभापतिमा निर्वाचित भएका छन् ।
दोलखाको जिरी नगरपालिका स्थित जिरी बजारमा रहेको जिरी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका ज्योती खड्कका निर्वाचित भएकी छन् । सचिवमा भने अखिल क्रान्तिकारीका लिला जिरेल निर्वाचित भए । कोषाध्यक्षमा अनेरास्ववियुका लक्ष्मी कार्की निर्वाचित भएकी छन् ।
आईतवार निर्वाचन भएको दोलखाको सिंगटी बजारमा रहेको प्रताप स्मृति कलेजको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रुपेश अर्याल निर्वाचित भए । सचिवमा नेपाल विद्यार्थी संघका गुप्तराज मैनाली र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका लक्ष्मी ओली निर्वाचित भएकी छन् । त्यसैगरी दोलखाको वैतेश्वर गाँउपालिका स्थित नाम्दुमा रहेको त्रिपुरा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सरोज थापा निर्वाचित भएका छन् । सचिवमा अखिल क्रान्तिकारीका कपिल राउत निर्वाचित भएका छ भने कोषध्यक्षमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियुका पवित्रा गिरी निर्वाचित भएकी छन् ।
दोलखा जिल्लामा नौ वटा क्याम्पस रहेकोमा छ वटा क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेन । जिल्लाको बैतेश्वर गाँउपालिकामा रहेको हनुमन्तेश्वर क्याम्पस, मेलुङ गाँउपालिकामा रहेको त्रिभुवन क्याम्पस, भीमेश्वर नगरपालिकामा रहेको गौरीशंकर बहुमुखी क्याम्पस र चरीकोट क्याम्पस, शैलुङ गाँउपालिकामा रहेको शैलुङ क्याम्पस तथा तामाकोेशी गाँउपालिकामा रहेको गोल्मेश्वर क्याम्पसमा स्ववियु निर्वाचन नभएको अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेलले बताए ।

सम्बन्धित समाचार