दोलखा/दोलखामा आर्थिक सङ्कटले गिजोलिएको व्यवसायलाई थोरै भएपनि लयमा फर्काउने र पर्यटकीय स्थलको प्रवद्धन गर्ने उदेश्यले दोलखा महोत्सव– २०७९ सुरु गरिएको छ ।
नौ दिनसम्म चल्ने महोत्सवको आयोजना दोलखा चेम्बर अफ कर्मशले गरेको हो । महोत्सवमा जिल्लामा उत्पादीत बिभिन्न सामग्री सहित मनोरञ्जनका बिभिन्न खेल तथा सांगितिक कार्यक्रम सञ्चालन हुने दोलखा चेम्बर अफ कर्मशका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले बताउनु भयो । शुक्रवार भएको महोत्सव उद्घाटनको अवसरमा नास्टको रोर्वटले पानसमा दिप प्रज्ज्वलन गरेको थियो ।
दोलखा महोत्सव– २०७९ को उद्घाटन गर्नुहुदै उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले संघियता, समावेशी, धर्मनिरपेक्षता र गणतन्त्र सहितको नयाँ प्रकारको लोकतन्त्रलाई अपहरण गर्ने र कम्जोर पार्ने काम भै रहेकोले त्यसको रक्षा अहिलेको प्रमुख काम रहेको बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको मुख्य मुद्दा भनेको राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम बनाएर सामाजिक आर्थिक क्षेत्र विस्तार तथा सामाजिक आर्थिक रुपान्तरण गर्नु रहेको बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिले अर्थतन्त्रको अवस्था उत्साहजनक नरहेको उल्लेख गर्नुहुदै सबै सङ्कल्पबद्ध भएर अर्थतन्त्रको गति बढाउन लाग्नु अहिलेको आवश्यक रहेको बताउनु भयो । शुशासन विना विकासमा फड्को मार्न सकिन्न भन्ने कुरामा सरकार स्पष्ट रहेको उल्लेख गर्नुहुदै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार माथि प्रभावकारी नियन्त्रण तथा भ्रष्टाचारीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको सुनाउनु भयो ।
दोलखा चेम्बर अफ कर्मशका अध्यक्ष बिष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, संघिय सांसद गंगा कार्की, शोभिता गौतम, बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का, बागमति प्रदेश सांसद भरत बहादुर केसी, मोनिका श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
महोत्सव अवधिभर बरिष्ठ कलाकार मदनदास, लोक गायक कुमार वस्नेत, प्रमोद खरेल, पशुपति शर्मा, रचना रिमाल, एलिना चौहान, ज्योती मगर लगायतका कलाकारहरुले मनोरञ्जन दिने आयोजकले जनाएका छन् । सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा सुरु भएको महोत्सवमा बिभिन्न स्थानीय उत्पादन सहितका सामग्री तथा खाद्य परिकार राख्न झण्डै एक सय वटा स्टल रहेको दोलखा चेम्बर अफ कर्मशका उपाध्यक्ष बुढाथोकीले बताउनु भयो ।
दाेलखा महाेत्सव- ०७९ उद्घाटन कार्यक्रम
प्रतिक्रिया दिनुहोस्