अर्थ र ब्यापारधर्म/संस्कृतिबागमतीमनोरन्जनमुख्य समाचारसमाचार

कालिञ्चोक र शैलुङमा हिमपात

दोलखा/दोलखाको कालिञ्चोक र शैलुङमा यो बर्ष फागुनको मध्यमा आईतवार पहिलो पटक हिमपात भएको छ । गत बर्षहरुमा पुषको पहिलो हप्ताबाटनै हिमपात हुने कालिञ्चोक र शैलुङमा फागुन लागिसक्दा समेत हिमपात नहुदा होटल व्यवसायी तथा किसानहरु निराश भएका थिए ।
ढिलै भएपनि हिमपात भएको छ यसले दोलाखको होटल तथा पर्यटन व्यवसायमा केही सकारात्मक प्रभाव पर्ने छ – कालिञ्चोक कुरीमा रहेको सुनपाती होटलका सञ्चालक हरि ओलीले भन्नु भयो ।
कालिञ्चोकमा आईतवार दिउँसो तीन बजेबाट केही घण्टा हिमपात भएको छ । पुषको पहिलो हप्ताबाटनै हिमपात हुने कालिञ्चोकमा फागुनको दोस्रो हप्ता लागिसक्दा समेत हिमपात नभएपछि कुरीका होटल व्यवसायीहरु चिन्तित थिए । आर्थिक मन्दिको बेला हिमपात समेत नभएपछि कालिञ्चोकको कुरी र सदरमुकाम चरिकोटको होटल व्यवसायीहरु समेत प्रभावित बनेको– होटल सुनपातीका सञ्चालक ओलीले बताउनु भयो ।
कालिञ्चोकका होटलहरुको बारेमा गलत समाचार प्रकाशन/प्रशारण भएकोले पनि व्यवसायमा असर परेको ओलीको गुनासो छ । कालिञ्चोकमा आउने पर्यटकहरुले होटलहरुको मेनु हेरेर बस्न ओलीको आग्रह छ ।
शैलुङ आसपास पनि आईतवार दिउँसो करिब चार बजेबाट हिमपात भएको शैलुङ गाँउपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दुलालले बताउनु भयो । लामोसमय पछिको हिमपातले किसानहरु खुशी भएको दुलालको भनाई छ । हिमपात नहुदा आलु लगायतका कृषि व्यवसायमा असरगर्ने त्रास शैलुङ आसपासका किसानहरुमा थियो ।
पछिल्लो समय दोलखा र रामेछापको सिमाना शैलुङ धार्मिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य बनेको र आईतवारको हिमपातले उक्त क्षेत्रमा पर्यटकको ध्यान तानेको शैलुङ स्थायी घर भएका समाजसेवी शोभित उप्रेतीले बताउनु भयो ।

हिमपात पछि कालिञ्चाेककाे कुरी

सम्बन्धित समाचार