SKIP THIS

NAgarjun
Uncategorized

उद्धार अभ्यासमा नेपाली सेना

दोलखा/नेपाली सेनाको तारादल गणले दोलखाको तामाकोशी नदी आसपास विपद् प्रतिकार्य घट्ना अभ्यास गरेको छ । सेनाले गरेको अभ्यास नदी किनार आसपासका वासिन्दाले समेत चासोका साथ हेरेका थिए ।
विशेषगरी बर्षायाममा प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति हुने गरेको र त्यसको मुख्य कारण पूर्व तयारीको अभाव तथा चेतनाको अभावनै रहेकोले विपद् प्रतिकार्य घट्ना अभ्यास गरिएको तारादल गणका गणपति अनिल केसीले बताउनु भयो ।
गणपति अनिल केसीको कमाण्डमा रहेको नेपाली सेनाले बाढी–पहिरोको कारण खोचमा अड्कीएको मानिसको उद्धार तथा तत्काल उपचार सेवाको लागि स्टेचर र रोपको प्रयोग गर्ने तरीका, हाईलाईन रेसक्यू अन्र्तगत डोरी टाँगेर गरीने उद्धार, रवर बोटको माध्यमबाट गरिने उद्धार आदीको बारेमा प्रयोगात्मक अभ्यास गरेको थियो ।
त्यसैगरी प्रयोग पछि त्यतिकै खेर जाने कोक तथा फेन्टाको बोतल, टायर, मिनिरल वाटरको बोतल आदीको प्रयोगबाट खोला तर्ने विधि, ड्रमहरुको प्रयोगबाट बोट बनाई खोला तर्ने विधि आदीको बारेमा समेत प्रयोगात्मक अभ्यास गरिएको विपद् प्रतिकार्य घट्ना अभ्यास कार्यक्रमको स्थानीय स्तरमा संयोजन गर्नु भएका तारादल गणका सह सेनानी इश्वर काफ्लेले बताउनु भयो ।
उद्धारको लागि गएको टोली सहभागि ढुङ्गा डुब्यो भने त्यसको स्वयम उद्धार गर्ने तरीका बारेमा समेत प्रयोगात्मक अभ्यास गरिएको थियो । त्यस्तै कोही मानिस नदीमा डुबेको छ र उ जिवितै छ भने उसलाई डोरी फ्याकेर गरिने (थ्रो ब्याक) उद्धारको बारेमा समेत प्रयोगात्मक अभ्यास गरिएको थियो ।
बर्षायामको समयमा नेपाली सेनाले नदी किनार आसपासनै गएर विपद् प्रतिकार्य घट्ना अभ्यास गर्नु सकारात्मक काम भएको पत्रकार शम्भु गौतम बताउछन् । यस्तो अभ्यासले जोखिममा रहेका नदी किनारका वासिन्दालाई प्राकृतिक प्रकोपबाट बच्ने तरीका र त्यसको रोकथामको बारेमा राम्रो ज्ञान हुने पत्रकार गौतमको भनाई छ ।
विपद् प्रतिकार्य घट्ना अभ्यासको क्रममा विपद् व्यवस्थापन तथा उद्धारको लागि सुरक्षाकर्मी र अन्य सुरक्षा निकाय बीचको समन्वय तथा सहकार्य, स्थानीय जनप्रतिनिधि, बिभिन्न संघ संस्था, कार्यालय र स्थानीय वासिन्दासंग गरीने सहकार्य आदीको विषयमा समेत प्रयोगात्मक अभ्यास गरिएको सहसेनानी काफ्लेले बताउनु भयो ।

सम्बन्धित समाचार