चरिकोट
मदिराले लठ्ठ भइ च्यामा बाघखोर बजारमा होहल्ला गरिरहेका गठबन्धनका कार्यकर्ताहरुको प्रतिवाद गर्दा प्रहरीले स्थानीय बासीलाई धरपकड गरेको छ ।
गएराति २ बजे बाघखोर बजारमा होहल्ला गर्ने गठबन्धनका कार्यकर्तालाई स्थानीय बासिन्दा उठेर किन हल्ला गरेको भनेर प्रतिवाद गर्दा गठबन्धनका कार्यकर्ताले स्थानीय बिजुली प्रसाद शर्मा माथि आक्रमण गरी घाइते बनाएका हुन् ।
शर्मालाई बिनाकारण पिटेको देखेर छिमेकी ढालकाजी फुँयाल सुतेको ठाउँबाट उठेर किन कुट्छौ भनेर सहयोग गर्न निस्किँदा गठबन्धनका कार्यकर्ता र प्रहरी मिलेर उनलाई पक्राउ गरिएको स्थानीय विष्णु पोखरेलले जानकारी दिए।
बिनाकारण किन पक्रेको भनेर प्रश्न गर्दा प्रहरीसँग उत्तर नभएपछि अर्का छिमेकी चन्द्र फुयालको भान्सामा पसेर प्रहरी आफैँले खुकुरी दिनुस् भनेर मागी लगेर हतियार फेला परेको मुचुल्का उठाई ज्यान मुद्दा लगाउने तयारी गरेको उनले बताए।
उनले भने ‘एमालेका कार्यकर्ताको मनोबल गिराउन सत्ताको मातमा गठबन्धनको इसारामा प्रहरी सामेल भई स्थानीयबासीलाई त्रसित र आतंकित बनाउदै छन्, यसको हामी भण्डाफोर गर्छौँ।’
प्रतिक्रिया दिनुहोस्