शरद सापकोटा, दोलखा
कालिञ्चोक गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका गणेश शिवाकोटीले कालिञ्चोकलाई देशकै नमुना पर्यटकीय स्थल बनाउने अठोट लिएका छन्।
प्रसिद्द प्राकृतिक एवं तीर्थस्थल कालिञ्चोक भगवती रहेको यस पालिकामा नेकपा एमालेका तर्फबाट शिवाकोटीले उम्मेदवारी दिएका हुन्।
पालिकाको केन्द्र लामो समय सम्म विवाद रहेको यस पालिकामा वैज्ञानिक ढंगले पालिका विवाद समाधान गर्ने सोच उनले बनाएका छन्।
उनले भने, ‘आगामी पुस्ताले गर्व गर्न लायक स्थानमा वैज्ञानिक ढंगले केन्द्र निर्माण गर्ने र कालिञ्चोकको दीर्घकालीन विकास गर्ने सोच राखेर उम्मेदवारी दिएको हूँ।’
शिवाकोटी युवा अवस्थामै सफल उद्यमी र समाजसेवी हुन्। उनी मध्यम परिवारबाट उदाएका ब्यक्ति हुन्।
उनले अहिलेसम्म ३८ पटक रक्तदान गरेका छन्।
सादा जीवन उच्च विचार मन पराउने शिवाकोटीले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।
२०६४ सालबाट नेकपा एमालेको सक्रिय राजनीति सुरु गरेका शिवाकोटी ६४ सालमा नेकपा एमाले दोलखा काठमाण्डौँ क्षेत्रीय सम्पर्क कमिटीका सह सचिव भएका हुन्।
उनी ६८ सालमा सालमा क्षेत्रीय सम्पर्क कमिटीका अध्यक्ष बने र ६९ सालमा नेकपा एमाले दोलखा काठमाण्डौँ सम्पर्क मञ्चको सहसचिव बने।
उनको क्रियाशीलता र कार्यदक्षता देखेर ७२ सालमा सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी उनलाई प्रदान गरियो।
सम्पर्क मञ्चको अध्यक्ष बने पश्चात उनले नेकपा एमालेका काठमाण्डौैँमा रहेका सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकलाई एकत्रित गरी राम्रो ब्यवस्थापन र परिचालन गरे।
७५ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य र ७७ मा प्रदेश सम्पर्क मञ्च बागमती प्रदेशको सदस्य भए।
७८ सालको नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा भारी मतले जिल्ला कमिटी सदस्य जितेर सम्पर्क मञ्चको इन्चार्ज र सल्लाहकार समेत बनेका छन्।
उनले कालिञ्चोक गाउँपालिकाकोे समग्र शिक्षा, स्वास्थ्य, कृषि लगायतका सबै क्षेत्रको समानुपातिक ढंगले विकास गर्ने र गाउँमै स्वरोजगारको वातावरण निर्माण गरी नमुनायोग्य पालिका निर्माण गर्ने योजना बनाएका छन्।
कालिञ्चोकका आम युवाहरुले गणेशबाट निकै ठूलो आशा राखेका छन्।
उर्जाशील युवा र विकासकोे दृष्टिकोण भएको उम्मेदवार भनेर सबैले प्रशंसा गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्