बागमतीशिक्षासमाचारसुचना

लोकसेवाको तयारी कक्षा

दोलखा/सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालयले विहिवारबाट लोकसेवा आयोगको लागि निशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उक्त कक्षा सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताउनु भयो ।
गौरीशङ्कर सामुदायीक पुस्तकालय चरिकोटका अध्यक्ष कृष्णबहादुर वस्नेतको सभापतित्वमा सम्पन्न लोकसेवा आयोगको लागि निशुल्क तयारी कक्षा सञ्चालन शुभारम्भ कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनी, प्रहरी नायव उपरीक्षक गंगा पौडेल, जिल्ला शिक्षा इकाई प्रमुख शङ्करबाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका दोलखाका प्रमुख मिन लामा, गौरीशङ्कर क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास रिमाल र कालिञ्चोक माध्यामिक विद्यालयका प्राचार्य नवराज न्यौपानेले मन्तवय व्यक्त गर्नु भएको थियो ।
उक्त कक्षामा बिभिन्न तहमा अध्ययन गरिरहेका र बिभिन्न क्षेत्रमा काम गरिरहेका ७५ जनाको सहभागिता रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालयले जनाएको छ ।

सम्बन्धित समाचार