६ कात्तिक, चरिकोट
नेकपा एमाले दोलखाले जिल्लाभरका ७४ वडा मध्ये आज ३९ वडामा अधिवेशन सम्पन्न गरेको छ । एमालेले देशब्यापी वडा अधिवेशन सुरु गरेकै पहिलो दिनमा दोलखाका ३९ वडामा अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशन सुरु भएकै दिन जिरी नगरपालिका ९ वटा वडा रहेकामा ९ वटैमा सम्पन्न गरेको छ । भने अन्य सबै पालिकामा वडा अधिवेशनहरु सुरु गरिएको छ । जिरी वडा नं १ श्यामा पुम्पामा करफिन्जु शेर्पा, २ श्यामामा सोन्तेम्बा शेर्पा, ३ मालीमा राम बहादुर केसी, ४ कुनेमा शिव बहादुर कार्की, ५ ढुंगेमा गुन्ज गुरुङ, ६ हाटडाँडामा लीला बहादुर जिरेल, ७ सुन्टापमा लीलाबहादुर जिरेल, ८ धनमालेमा गम्बु बिक र ९ चिपचिपेमा चक्र बहादुर तामाङको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
भीमेश्वर नगरपालिकाका ९ मध्ये ३ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं २ दोलखामा राजेन्द्र श्रेष्ठ, ६ चरिकोटमा राधाकृष्ण थापा र ८ बोचमा मान बहादुर केसीको अध्यक्षतामा नयाँ वडा कमिटी निर्वाचित भएका छन् ।
कालिञ्चोक गाउँपालिकाका ९ मध्ये ८ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं १ कालिञ्चोकमा भक्त बहादुर थामी, वडा नं २ बाबरेमा विकास थामी, वडा नं ३ लामिडाँडामा वीर बहादुर बानियाँ, वडा नं ४ लामिडाँडामा कुमार बस्नेत, वडा नं ५ लापिलाङमा सन्तोष खड्का, वडा नं ६ लापिलाङमा ओम बहादुर थापा, वडा नं ८ सुनखानीमा यज्ञकुमार भारती र वडा नं ९ सुन्द्रावतीमा कृष्ण पकुवालको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।
विगु गाउँपालिकाका ८ मध्ये ३ वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं १ लामाबगरमा पदम तामाङ, वडा नं २ ओराङमा यम बहादुर गुरुङ, वडा नं ३ बुलुङमा कुमार विकको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
गौरीशंकर गाउँपालिकाका ९ मध्ये ४ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं १ जुँगुमा कृष्ण बहादुर खड्का, वडा नं २ जँुगुमा राजाराम कार्की, वडा नं ८ खारेमा चटक बहादुर गुरुङ, वडा नं ९ गौरीशंकरमा मेघराज ठकुरीको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
वैत्यश्वर गाउँपालिकाका ८ मध्ये ५ वटा वडामा अधिवेशन सम्पन्न गरिएको छ । वडा नं ४ काब्रेमा कुमार चौलागाई, वडा नं ५ मैनापोखरीमा पुस्कर दहाल, वडा नं ६ नाम्दूमा राजकुमार ढुंगेल, वडा नं ७ मार्बूमा लाल प्रसाद चौलागाई र वडा नं ८ क्षेत्रपामा शेर बहादुर खड्काको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
तामाकोशी गाउँपालिकाका ७ वडा मध्ये १ वटामा अधिवेशन सम्पन्न भएको छ । वडा नं ७ हाँवामा गंगा बहादुर सुनुवारको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।
मेलुङ गाउँपालिकाका ७ वडा मध्ये २ वटामा अधिवेशन सम्पन्न भएको छ । वडा नं २ घ्याङ सुकाठोकरमा शिव बहादुर भण्डारी, वडा नं ५ डाँडाखर्कमा चम्पा लामाको अध्यक्षतामा नयाँ कमिटीहरु निर्वाचित भएका छन् ।
शैलुङ गाउँपालिकाका ८ मध्ये ४ वटा वडामा अधिवेशन सम्पन्न भएका छन् । वडा नं ४ मागामा ज्ञानेन्द्र न्यौपाने, ५ काटाकुटीमा दिल कुमार तामाङ, ६ फस्कुमा रमेश सुवेदी र ८ शैलुङ्गेश्वरमा मोहनसिंह तामाङको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएका छन् ।
बाँकी वडाहरुमा एक साताभित्र नै अधिवेशन सम्पन्न गर्ने योजना रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्