फोटो फिचरबागमतीराजनिति

नेकपा एमाले दोलखाको विस्तारित बैठकले कार्यविभाजन टुङ्गो लगायो (नामावली सहित)

१४ बैशाख चरिकोट

नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाको विस्तारित जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी र पालिका स्तरीय कमिटीको टुङ्गो लगाएको छ । आज चरिकोटमा आयोजित बैठकले सो जिम्मेवारी छिनोफानो गरेको हो । जिल्लाभर बाट ठूलो संख्यामा उपस्थित भएका कार्यकर्ताको बीचमा एमाले जिल्ला अध्यक्ष इश्वरचन्द्र पाखरेलले जिल्ला अधिवेशन आयोजक कमिटी र पालिका स्तरीय कमिटीको नाम घोषणा गर्नुभएको हो ।

नेकपा एमाले वागमती प्रदेश कमिटीका सह इन्चार्ज काशीनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाउदै कोरोनाका कारण देश संकटग्रस्त भैरहेका बेला सुरक्षित किसिमले पार्टी गतिविधि गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

राजनीतिक निकास, देशविकास र राष्ट्रियताका मुद्धामा केपी ओली नेतृत्वको नेकपा एमाले नै देशका लागि सही छनौट भएको र केही असन्तुष्ट नेता कार्यकर्तालाई पनि पार्टीमा समेटेर अघि बढ्न नेकपा एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले अपिल गर्नुभयो ।

त्यस्तै बैठकमा सञ्चारमन्त्री पार्वत गुरुङले आफू नेकपा एमालेको दोलखा जिल्ला इन्चार्ज भएकाले पार्टीका सबै नेता कार्यककर्तालाई मिलाएर लैजान पहल गरिरहेको र एमालेको लाल किल्ला दोलखामा सदैव कायम रहीरहने कुरामा पार्टीपङ्क्तिलाई ढुक्क रहन आग्रह गर्नुभयो ।

विस्तारित बैठकलाई एमालेका नेता लालकुमार केसी, मेयर भरत केसी, नर बहादुर श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

कार्यविभाजन नामावली

जिल्ला अध्यक्ष. इश्वरचन्द्र पोखरेल

जिल्ला सचिव. नर बहादुर श्रेष्ठ

गौरीशंकर गापा इन्चार्ज. स्वयम बहादुर खड्का

गौरीशंकर गापा अध्यक्ष. जंग गुरुङ

गौरीशंकर गापा सचिव. देवराम बुढाथोकी

बैत्यश्वर गापा इन्चार्ज. ऋषिकेश उप्रेती

बैत्यश्वर गापा अध्यक्ष. माधव प्रसाद घिमिरे

बैत्यश्वर गापा सचिव. माधव प्रसाद दहाल

तामाकोशी गाउँपालिका इन्चार्ज. जीवसराज खड्का

तामाकोशी गाउँपालिका अध्यक्ष. नारायणध्वज खड्का

तामाकोशी गाउँपालिका सचिव. होम बहादुर श्रेष्ठ

मेलुङ गाउँपालिका इन्चार्ज. हीरा थोकर

मेलुङ गाउँपालिका अध्यक्ष. अम्बिका गोले

मेलुङ गाउँपालिका सचिव. ललित बस्नेत

शैलुङ गाउँपालिका इन्चार्ज. धन बहादुर तामाङ

शैलुङ गाउँपालिका अध्यक्ष. थिर बहादुर मोक्तान

शैलुङ गाउँपालिका सचिव. गणेश बहादुर कार्की

भीमेश्वर नपा इन्चार्ज. हरिवंश चौलागाई

भीमेश्वर नपा अध्यक्ष. ज्ञानेन्द्र प्रधान

भीमेश्वर नपा सचिव. रामचन्द्र बस्नेत

जिरी नपा इन्चार्ज. टपेन्द्र खड्का

जिरी नपा अध्यक्ष. टंक ब. जिरेल

जिरी नपा सचिव. शम्भुप्रसाद दहाल

कालिञ्चोक गापा इन्चार्ज. विनकुमार थामी

कालिञ्चोक गापा अध्यक्ष. इश्वरी दहाल

कालिञ्चोक गापा सचिव. होम थामी

विगु गापा इन्चार्ज. सुन्दर विक

विगु गापा अध्यक्ष. टेकमान तामाङ

विगु गापा सचिव. लोक बहादुर नेपाली

सम्बन्धित समाचार