अन्तरास्ट्रियसमाचार

अष्ट्रेलियाबाट नेपाल आउन चार्टरउडान सुरु

काठमाण्डौं । अष्ट्रेलियामा रही ट्राभल व्यवसायमा संलग्न  नेपालीहरुको  संयुक्त पहलमा सिंगापुर एअरलाइन्स मार्फत दुई सय पचपन्न जना नेपाली  स्वदेश फर्किएका छन ।  
यही सेप्टेम्बर १९ मा नेपाल आईपुगेका उनीहरु कोविड १९ को महामारीको चपेटाका कारण अष्ट्रेलियामै बस्न वाध्य बनेका थिए ।
उनीहरुलाई नेपाल फर्काउन ट्राभल व्यवसायी र अष्ट्रेलियास्थित नेपाली दुतावासले सक्रियता देखाएको थियो । उनीहरुलाई लिएर अठार वर्षपछी  पहिलो पटक सिंगापुर एयरलाइन्सको चार्टर विमान नेपाल उत्रिएको थियो ।
उक्त  चार्टरउडान बाट नेपाल फर्किने सबै यात्रुहरुले उडान अगाडी ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा लिएका थिए ।
उनीहरु काठमाडौँ ओर्लिएपछि १४ दिन होम क्वारेन्टिनमा बस्ने एभरेस्ट ट्राभल्सका संचालक एर्साद अहमदले बताए । इकोनोमी तर्फको भाडा प्रतिव्यक्ति १७ सय ३५ अष्ट्रेलियन डलर तोकिएको छ भने विजेनेस क्लासका लागि २ हजार ३८० डलर भाडा तोकिएको छ । पहिलो आउने र जरुरी कामको आधारमा प्राथमिकता दिएर यात्रुहरुलाई सेवा दिएको  डिलाईटेड ट्राभल्सका संचालक आशिषजंग थापाले बताए । 

सम्बन्धित समाचार