दोलखा/होली पर्वको अवसरमा सरल नेपाल दोलखाले स्लो बाइक रेस प्रतियोगीता आयोजना गरेको छ । सदरमुकाम चरिकोटमा सञ्चालित ३० मिटर लामो यो प्रतियोगीतामा उज्जवल श्रेष्ठ विनर बनेका छन् ।
प्रतियोगीतामा फस्ट रनरअप सुरेश घतानी, सेकेण्ड रनरअप कृष्ण वस्नेत र थर्ड रनरअप जेम्स शेर्पा बनेका छन् । पाँच चरणसम्म चलेको प्रतियोगीतामा जिल्लाका ५६ जना बाइक चालकको सहभागिता रहेको सरल नेपालका अध्यक्ष सौगात थापाले बताए ।
प्रतियोगीतामा जसले ढिलो बाइक चलाएर ३० मिटरको निर्धारीत लाईन क्रश गर्छ उही विजेता हुने नियम रहेको थियो । प्रतियोगीताका विनरले १५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र, फस्ट रनरअपले १० हजार नगद र ट्रफि तथा प्रमाणपत्र, सेकेण्ड रनरअपले पाँच हजार नगद र ट्रफि तथा प्रमाणपत्र र थर्ड रनरअपले तीन हजार नगद र ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
होली पर्वलाई असभ्य ढङ्गले नभै सांस्कृतिक पर्वको रुपमा मनाउन युवा पुस्तालाई प्रेरित गर्ने र दोलखामा पर्यटक आगमनलाई आकर्षित गर्ने लक्ष्य सहित स्लो बाइक रेस प्रतियोगीता आयोजना गरिएको सरल नेपालका अध्यक्ष थापाको भनाई छ ।
स्थानिय शब्द ब्याण्ड र फिलिप सापकोटाले साङ्गीतीक प्रस्तुति समेत दिएको उक्त प्रतियोगीता हेर्न आन्तरीक एवं बाह्रय पर्यटकको भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्