काठमाडौँ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको उन्नतीका लागि नेकपा एमालेले ल्याउने राष्टिय नारा र गन्तव्यलाई अन्य दलले शब्द तलमाथि पारेर कपि गर्ने गरेको बताएका छन् ।
आफुहरुले अघि सारेको राष्ट्रिय गन्तव्य सहितको समृद्ध नेपाल, शुखी नेपाली भन्ने नारालाई अर्काथरीले समृद्ध नेपाल, सम्मानित नेपाली भनेर पछ्याएको अध्यक्ष ओलीको भनाई छ । नेकपा एमाले बागमति प्रदेश कमिटीले १० औ राष्ट्रिय महाधिवेशनमा निर्वाचित केन्द्रीय नेतृत्वलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउन चाहेको आशंका समेत व्यक्त गरेका थिए ।
नेकपा एमालेका बागमति प्रदेश कमिटी अध्यक्ष एवं नवनिर्वाचित केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा १० औ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित बरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
सम्मान कार्यक्रम स्थलबाट नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन भृकुटी मण्डप पुग्नु भएका अध्यक्ष केपी शर्मा ओलीले जन्मदै शासन गर्ने सिद्धान्त निराधार रहेको भन्दै राजतन्त्र फर्काउनु पर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गरेका थिए ।
अध्यक्ष ओलीले कांग्रेसले आफुहरुको साथ छोड्न नहुने नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहालको भनाईमा ब्यङ्गे गर्दै केहि साना दलहरु लाई कांग्रेसले हात समाउन छोड्ला भन्ने डर रहेको बताएका थिए । अध्यक्ष ओलीले प्रधानमन्त्री मात्र नभै सरकारको नेता समेत हुन देउवालाई शुभकामना समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्