बागमतीसमाचारसुचना

पत्रकार देवदास श्रेष्ठको स्मृतिमा पुरस्कार वितरण

दोलखा/नेपाल पत्रकार महासंघ दोलखाका संस्थापक सभापति देवदास श्रेष्ठको १६ औ स्मृति दिवसको अवसरमा दोलखा शाखाले बुधवार स्मृति सभा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ ।
स्मृति सभाको अवसरमा कोरोना संक्रमणका कारण हालै निधन भएको शाखाका सदस्य कृयाशिल पत्रकार रविन्द्र गौतमको स्मृतिमा रविन्द्र स्मृति पत्रकारिता पुरस्कार २०७८ को घोषणा समेत गरिएको छ । उक्त पुरस्कारबाट प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्केलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी शाखाका संस्थापक सभापति स्वर्गीय देवदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको स्व. देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट कृयाशिल पत्रकार सन्तोषी कार्कीलाई पुरस्कृत गरिएको छ । शाखाको पहलमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कारबाट रेडियो भिमेश्वरका स्टेशन मेनेजर गोकर्ण भण्डारी, स्व.इन्द्रमणी राजभण्डारी पत्रकारिता पुरस्कारबाट दिक्षण दैनिकका सम्पादक श्रृजन घिमिरे, सुजल पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका दोलखा संवाददाता बाबुराम शर्मा र स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट दोलखाको तामाकोसी गाँउपालिकाबाट प्रशारण हुदै आएको तामाकोसी एफएमका स्टेशन मेनेजर दिपक वस्नेतलाई पुरस्कृति गरिएको छ । उक्त पुरस्कारहरु भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले पुरस्कृत पत्रकारहरुलाई वितरण गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्के, दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सामुदायीक रेडियो प्रशारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष उद्धव पोखरेल, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य श्याम खतिवडा, प्रेस चौतारी दोलखाका सयोजक प्रभु जिरेल, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष सृजना थापा खड्का, सचिव दिलबहादुर केसी, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई र समाजसेवी रामदास श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार