बागमतीसमाचारस्वास्थ्य

चरिकोट अस्पताललाई पुस्तकालयको सहयोग

दोलखा/सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर सामुदायिक पुस्तकालयले चरिकोट अस्पताललाई बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको बेला अस्पताललाई प्रविधि मैत्री तथा अधिक नागरिकलाई स्वास्थ्य सेवा दिनसक्ने बनाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सामुदायीक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो ।
एएसवि जर्मन तथा रिड नेपालको सहयोगमा गौरीशङ्कर सामुदायीक पुस्तकालयले सञ्चालन गरेको इर्मजेन्सि रेस्पोन्स कोभिड– १९ परियोजना अन्र्तगत डिजिटल थर्मोमिटर, डिजिटल ओएट स्केल, नेबुलाइजर, पेरिलाइट, फुटस्टेप, वारट बाथ डिजिटल, पल्स अक्सोमिटर, डिजिटल विपि सेट, वाटर डिस्पेन्सर तथा वाटर जार लगायतका स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अध्यक्ष वस्नेतले बताउनु भयो ।
सोमवार चरिकोट अस्पतालका अध्यक्ष समेत रहनु भएका भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले उक्त स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयले यस अघि पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार महासंघ, भीमेश्वर नगरपालिकाका बिभिन्न वडा तथा बैतेश्वर गाँउपालिकाका बिभिन्न वडाहरु लाई मास्क, सेनेटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
त्यसैगरी गौरीशङ्कर सामुदायीक पुस्तकालयले रिड नेपाल तथा एएसवी जर्मनको सहयोगमा अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । अपाङ्गता भएका तथा विपन्न गरी ३० परिवारलाई तीन हजार भन्दा बढीको सामग्री हस्तान्तण गरिएको अध्यक्ष वस्नेतले बताउनु भयो । ३० परिवारलाई चामल, दाल, नुन, खानेतेल र मास्क गरी प्रति परिवार तीन हजार भन्दा बढीको सामग्री हस्तान्तरण गरिएको वस्नेतको भनाई छ ।

सम्बन्धित समाचार