बागमतीसमाचारसुचनास्वास्थ्य

पत्रकार महासंघमा भ्रष्ट्राचार नगर्न प्रेस चौतारी दोलखाको चुनौति

२६ असार, चरिकोट


पत्रकार महासंघ दोलखाका पछिल्ला गतिविधिहरु अपारदर्शी र आलोचनायुक्त देखिएका भन्दै यसो नगर्न प्रेस चौतारीले ठाडो चुनौति दिएको छ । कोभिड माहामारीका बेला पत्रकारका नाममा आएको खोप गैर पत्रकारलाई लगाएको, सहयोगमा आएका स्वाथ्य सामग्रीहरु दुरुपयोग गरेको र कोभिड राहत कोषको नाममा जम्मा गरेको रकम समेत पारदर्शी नगरेको आरोप चौतारीले लगाएको छ ।


जिल्ला संयोजक प्रभु जिरेल र सहसंयोजक तारा बहादुर महतको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा महासंघले संस्थागत काम नगरेको, स्थानीय सरकार, सरकारी कार्यालय, संघसंस्था, ठूला परियोजनाहरुलाई फाइदाका लागि धम्क्याएको र जिल्लाको वातावरण नै दूषित बनाउदै लगेको कुरा उल्लेख गरिएको छ ।


त्यस्तै विज्ञप्तिमा महासंघका अध्यक्षकै अगुवाइमा स्वाथ्य सामग्री घरघरमा लैजाने, संस्थागत निर्णय नगराउने, मिडियाका परिचयपत्र गैह्र पत्रकारलाई बेच्दै हिड्ने जस्ता गलत कामहरु गरिएको प्रति आपत्ति जनाउदै यस्ता काम तत्कालै बन्द गर्न चुनौति दिएकोे छ ।


त्यस्तै आइन्दा पत्रकार महासंघ जस्तो पवित्र संस्थालाई संस्थागत ढंगले अघि बढाउन र सबै कामहरुमा पारदर्शीता अपनाई पदको सदुपयोग गर्न भनेको छ ।

सम्बन्धित समाचार