पत्रपत्रिकामुख्य समाचारसमाचार

दोलखाली पत्रकार बालकृष्ण प्रेस काउन्सिलको अध्यक्ष नियुक्त

२० जेठ, चरिकोट


दोलखा जिल्लामा जन्मेर सक्रिय पत्रकारिता गरिरहनु भएका चर्चित पत्रकार बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको छ । मन्त्रीपरिषदको आज साँझ बसेको बैठकले बस्नेतलाई आगामी ४ बर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।


बस्नेतको नियुक्तिले जिल्लाको पत्रकारिता जगत र सामाजिक क्षेत्रमा खुशीयाली मनाइएको छ । बस्नेत विगतमा कान्तिपुर दैनिक हुदै विभिन्न सञ्चार माध्यममा आबद्द रहदै आउनुभएको छ । नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका पत्रकारका नेता बस्नेतको नियुक्तिले देशको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिने उहाँका समर्थकहरुले बताएका छन् ।

सम्बन्धित समाचार