बागमतीमुख्य समाचारस्वास्थ्य

भीडभाड हुने कार्यक्रमनै संक्रमणको मुख्य कारण

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका एक युवकको विवाह गरेको २२ दिनपछि कोरोना संक्रमणका कारण मृत्यु भयो । दोलखामा लक डाउन हुनु अघि बैशाख १७ गते विवाह गरेका ती युवकमा केहि दिन पछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको विवाहमा सहभागि अन्य केहिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
भीमेश्वर नगरपालिकाकै वडा नम्बर १ सुष्पामा पनि विवाह कार्यक्रममा सहभागि भएका एक जनाको मृत्यु भएको छ भने २१ जना संक्रमित भएका छन् । विवाह कार्यक्रममा सहभागि ३३ जनाको पिसिआर परिक्षण गर्दा २१ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर २ बाबरे र वडा नम्बर ५ लापिलाङमा पनि विवाह कार्यक्रममा सहभागि भएका ६० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कालिञ्चोक गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील श्रेष्ठका अनुसार लापिलाङमा भीमेश्व नगरपालिका वडा नम्बर १ को सुष्पाबाट बैशाखा २४ गते विवाह लगिएको थियो । लापिलाङ र बाबरेमा बैशाख २४ र २५ गते भएको विवाह कार्यक्रमका सहभागिहरु मध्यका ६० जना भन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको भनाई छ ।
तामाकोसी गाँउपालिका वडा नम्बर ५ सहरेमा एक सय चार जान कोरोना संक्रमित भएका छन् । मेलुङको वडा नम्बर १ पवटी र वडा नम्बर ७ मेलुङमा मात्र ३२ जना भन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी जिरी नगरपालिका वडा नम्बर ६ यार्सामा ३१ जना, बैतेश्वर गाँउपालिका वडा नम्बर ८ क्षेत्रपामा ५९ जना, गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ र २ जुँगुमा २८ जना संक्रमित भएका छन् । त्यस्तै भीमेश्वर नगरपालिका वडा नम्बर ४ स्थित सर्व मावि जिलुको भवन निर्माणका मजदुरहरु ४८ जना संक्रमित भएका छन् ।
जिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दहाल ठुलो समुहमा संक्रमित देखिएको ठाँउमा संक्रमणको मुख्य कारण मानिसहरुको धेरै जमघट हुने विवाह, पुजा, घेवा, खेलकुद जस्ता कार्यक्रमनै हुने गरेको बताउनु हुन्छ ।
स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार जिल्लामा विहिवारसम्म कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरियन्टबाट ११ सय ७५ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुने अधिकांशले आफुहरु विवाह, पुजा, खेलकुद, घेवा जस्ता कार्यक्रममा सहभागि भएको जानकारी दिएकोले दोलखामा संक्रमण फैलनुको मुख्य कारण मानिसहरु धेरै जमघट हुने विवाह, ब्रतबन्ध, पुजा, खेलकुद, घेवा जस्ता कार्यक्रमनै देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेल बताउनु हुन्छ । जिल्लामा अहिले पनि कोरोना भाईरसको दोस्रो भेरियन्टका आठ सय ३८ जना संक्रिय संक्रमित रहेका छन् । संक्रमणकै कारण दोलखामा विहिवारसम्म आठ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे जिल्लामा काठमाडौँमा लकडाउन भएको एक हप्ता पछि बैशाख २२ गतेबाट मात्र लक डाउन गरिएकोले राजधानि लगायतका ठाँउबाट धेरै मानिस घर फर्किएको र उनीहरु घरमा सुरक्षित नबसिदिएको कारण संक्रमण धेरै फैलिएको बताउनु हुन्छ ।
दोलखामा लक डाउन पछि पनि बैशाख महिना भरी स्वास्थ्य सुरक्षा पालना गरेर विवाह, व्रतबन्ध, घेवा जस्ता सामाजिक कार्यक्रम गर्न छुट दिईएकोले पनि संक्रमण धेरै फैलन पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनु हुन्छ । जेठ १ गतेबाट भने काठमाडौँबाट आउनेहरुलाई पनि अनिर्वाय क्वारिन्टिनमा राखिएको र विवाह, व्रतबन्ध, घेवा जस्ता सामाजिक कार्यक्रमहरु समेत पुर्ण रुपमा बन्द गरिएकोले संक्रमण दर घट्दै गएको घिमिरेको भनाई छ । अहिले देखिएका अधिकांश संक्रमितहरु जेठ १ गते अघिनै संक्रमित भै सकेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनु हुन्छ ।

सम्बन्धित समाचार