बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

८६ संक्रमित थपिए, ३७ संक्रमण मुक्त

दोलखा/दोलाखमा शुक्रवार (आज) ८६ जना कोरोना संक्रमित थपिएका छन् । ३७ जना संक्रमण मुक्त भएका छन् ।
चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा एक सय ९३ जनाको स्वाव परिक्षण गरिएकोमा ३८ जना पुरुष र ४८ जना महिला गरी ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार भीमेश्वर नगरपालिकामा पाँच जना पुरुष र पाँच जना महिला गरी १० जना र जिरी नगरपालिकामा पाँच जना पुरष र पाँच जना महिला गरी १० जना संक्रमित थपिएका छन् ।
त्यसैगरी तामाकोसी गाँउपालिकामा नौ जना पुरुष र सात जना महिला गरी १६ जना, बैतेश्वर गाँउपालिकामा आठ जना पुरुष र १६ जना महिला गरी २४ जना, कालिञ्चोक गाँउपालिकामा १० जना पुरुष र १५ जना महिला गरी २५ जना तथा गौरीशङ्कर गाँउपालिकामा एक जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
संक्रमण मुक्त हुनेमा विगु गाँउपालिकाका दुई पुरुष र दुई महिला गरी चार जना, भीमेश्वर नगरपालिकाका नौ पुरुष र आठ महिला गरी १७ जना, तामाकोसी गाँउपालिकाका एक जना पुरुष, कालिञ्चोक गाँउपालिकाका पाँच जना पुरुष र एक जना महिला गरी छ जना तथा गौरीशङ्कर गाँउपालिकाका नौ जना पुरुष रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

सम्बन्धित समाचार