बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

सोमवार १० जनामा कोरोना संक्रमण पुष्टि

दोलखा/दोलखामा सोमवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक २२ गते प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) चरिकोटबाट २३ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा सोमवार चार पुरुष र ६ महिला गरी १० जनाको रिर्पोट पोजेटिभ आएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले बताउनु भयो ।
संक्रमण पुष्टि हुनेमा चार जना सुरक्षाकर्मी, एक जना जनप्रतिनिधि र अन्य सर्वसाधारण रहेको पनि भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खड्काले बताउनु भयो । संक्रमण पुष्टि हुने सर्वसाधारणमा पाँच जना भीमेश्वर नगरपालिका वडा नम्बर ६ का र एक जना दोलखा बैतेश्वर गाँउपालिका घर भै भीमेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने सर्वसाधारण रहेको खड्काले बताउनु भयो ।

सम्बन्धित समाचार