बागमतीमुख्य समाचारसमाचारस्वास्थ्य

निषेधाज्ञाको अवज्ञा, दैनिक थपिदै छ संक्रमित

दोलखा/सदरमुकाम चरिकोटमा शुक्रवार थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । लक्षण देखिएका र कन्ट्याक ट्रेसिङको आधारमा कार्तिक ४ गते १९ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा पाँच जनाको रिर्पोट पोजेटिभ आएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
कोरोना पोजेटिभ देखिएकाहरुमा एक जना विद्यार्थी नेता र चार जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । शुक्रवार लक्षण देखिएका र कन्ट्याक ट्रेसिङको आधारमा थप ६५ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
पछिल्लो एक हप्तामा सदरमुकाम चरिकोटमा दुई दर्जन भन्दा बढी संक्रमित थपिए पनि नियन्त्रणको लागि सरोकारवाला निकायले ठोस पहल नगरेको भन्दै चौतर्फि आलोचना भएको छ । संक्रमित थपिदै गएपछि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि त्यसको कार्यान्वयनमा चासो नदिदा त्यसको अवज्ञा भएको छ ।
पिएचसिमा सात संक्रमित
कोरोना संक्रमितहरुको उच्च प्राथामिकताका साथ उपचार भै रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) का मात्र सात जनामा कोरोना संक्रमण देखिएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो ।
संक्रमण नियन्त्रणको लागि सरोकारवाला निकाय र नागरिक स्वयमले सचेतता नअपनाउने हो भने भोलिका दिनमा संक्रमितको उपचारमा समेत समस्या हुने स्वास्थ्यकर्मीहरु बताउछन् ।

सम्बन्धित समाचार