दोलखा/नेपाल चाईना हिमालयन फ्रेण्डशिप सोशाईटीले नेपाल पत्रकार महासंघ दोलखा शाखालाई केहि थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमणको बेलामा पत्रकारहरु फ्रन्टलाईनमा बसेर काम गर्नु पर्ने भएकोले केहि थान सर्जिकल माक्स र सेनेटाईजर पत्रकार महासंघ दोलखा शाखालाई उपलब्ध गराईएको नेपाल चाईना हिमालयन फ्रेण्डशिप सोशाईटीका केन्द्रीय सचिव रिनन् पोखरेलले बताउनु भयो ।
सचिव पोखरेलले नेपाल चाईना हिमालयन फ्रेण्डशिप सोशाईटीलाई चिनको तिब्बत सरकारले उपलब्ध गराएको पाँच सय थान सर्जिकल माक्स र ५० थाना सेनेटाईजर नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नु भएको थियो ।
सोशाईटीले उपलब्ध गराएको स्वास्थ्य सामग्री रिर्पोटीङमा संलग्न पत्रकारहरुलाई वितरण गरिने शाखाका अध्यक्ष जीवन लामाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्