समन्वयले सफलता– प्रजिअ पौडेल
दोलखा/भर्खरै गृह मन्त्रालय सरुवा हुनु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेललाई नेपाल पत्रकार महासंघ दोलखा शाखा र दोलखा उद्योग बाणिज्य संघले शनिवार संयुक्त रुपमा विदाई गरेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले दोलखाको प्रजिअ भै काम गरेको नौ महिनाको अवधिमा आफुलाई जिल्लाको सबै राजनीतिक दल, पत्रकार, दोलखा उद्योग बाणिज्य संघ लगायत सबै संघ संस्था, अधिकारकर्मी, उद्योगी, ब्यवसायी र जिल्ला वासिले पूर्ण सहयोग गरेको बताउनु भयो । प्रजिअ पौडेलले आफुले दम्भ र कानुनी हतियार प्रयोग गरेर भन्दा पनि सकेसम्म सबैसंग समन्वय गरेर काम गरेको उल्लेख गर्नुहुदै त्यसैको कारण ५० प्रतिशत भएपनि सफल भएको महशुस गरेको बताउनु भयो ।
दोलखा आउदा केहि काम गर्न सकिन्छ भनेर योजना बनाएको थिए तर कोरोना भाईरस (कोभिड १९) महामारीका कारण सोचे जति काम गर्न सकिन – प्रजिअ पौडेलले भन्नु भयो । आफु आउदा जिल्ला प्रशासन कार्यालयमा झण्डै दुई सय वटा मुद्दा रहेकोमा अब २०÷२५ वटामात्र बाँकी रहेको र कारागार सुधारका केहि काम भएको प्रजिअ पौडेलले बताउनु भयो ।
प्रजिअ भीमकान्त शर्मा पौडेललाई दोलखा उद्योग बाणिज्य संघको अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको विदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धर, नेपाल नागरिक समाजका अध्यक्ष दीपशङ्कर चौलागाई, महासचिव हेमराज रिमाल, सचिव विमल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रजिअ पौडेललाई बागेश्वरी अशल शासन क्लबका अध्यक्ष गोकर्ण भण्डारी, सुनौलो अनलाईनका सम्पादक सुजन काफ्ले, नेपाल क्वानमुकान कराँते डो एसोसिएसन दोलखाका अध्यक्ष भरत रोन श्रेष्ठ, युवा व्यवसायी कमल चौहान, कुमार वस्नेत लगायतले पनि शनिवार विदाई गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्