दोलखा/ दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नं २ मा रहेको जीवन विज्ञान परिषदबाट सन्चालित पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस विहिवार सम्पन्न भएको छ। प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत प्रमुख अतिथि रहनुभएको थियो।
त्यसैगरी, कार्यक्रमको विशिष्ट अतिथिमा भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ रहनुभएको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान, गत भाद्र १० गते रसुवामा आएको बाढिबाट अकालमा ज्यान गएका दिवंगत आत्माहरूको संझनामा मौन धारण तथा प्रमुख अतिथि उपमेयर बस्नेतद्वारा दीप प्रज्वलन गरी विधिवत् रूपमा सुरुवात भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई कल्याण मित्र सपना श्रेष्ठले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो।स्थापना दिवसको अवसरमा प्रयोगशालाका महासचिव अजय प्रधानले सचिवको प्रतिवेदन र कोषाध्यक्ष बिना श्रेष्ठले आर्थिक (कोषाध्यक्षको) प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो क्रममा स्थानीय नागरिकहरूको सुखद उपस्थितिका बीच कल्याण मित्र बिनु श्रेष्ठको सहजीकरणमा विशेष ‘स्वजागरण कार्यक्रम’ समेत आयोजना गरिएको थियो।

कार्यक्रममा जीवन विज्ञान परिषद् दोलखा जिल्लाका संयोजक सुरेश चन्द्र खड्काले प्रयोगशालाको चौथो वर्षगाँठको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी, प्रमुख अतिथि उपमेयर कमला बस्नेतले नगरबासीको शारीरिक तथा मानसिक स्वास्थ्य सुधार्न जीवन योग प्रयोगशालाले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमका सभापति एवं प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानले स्थापना दिवसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्