रसुवा बाढी प्रभावितको लागि बागमती प्रदेश सरकारले अहिलेसम्म के के काम गरेको छ ?
हामीले भदौ ९ गते विश्वासको मत लिएका थियौ । भदौ १० गते रसुवामा बाढीले अपत्यारीलो क्षति पु¥यायो । जसको प्रभाव रसुवासंगै धादिङ, नुवाकोट र चितवनसम्म देखिएको छ । एक हजार भन्दा बढीको मृत्यु भएको, हजारौ बेपत्ता रहेको र खरबौको क्षति पुगेको यो राष्ट्रिय विपत्तिको क्षणमा हामीले केन्द्र र स्थानीय सरकारसंग समन्वय तथा सहकार्यमा काम गरिरहेका छौ ।
बाढी लगतै मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा प्रभावित क्षेत्रमै पुगेर राहत तथा उद्दारको काममा सक्रियता पूर्वक लागि रहेका छौ । अहिलेसम्म बागमती प्रदेश सकारले त्रिशुली, बेत्रावती लगायत पाँच ठाँउमा तुईन जडान गरेर अस्थायी आवत– जावत र राहत पु¥याउन सहज गरेका छौ । अस्थायी रुपमा सडक मर्मत गरेर अहिले धुन्चेसम्मै बैकल्पीक मार्ग खोलेका छौ । घट्ना लगतै अलपत्र यात्रुलाई ४२ वटा बस व्यवस्थापन गरेर गन्तव्यसम्म पु¥याउने काम गरेका छौ । अहिले पुल निर्माण लगायतको काम भै रहेको छ ।
बागमती प्रदेश सरकारको अहिलेको मुख्य प्राथामिकता के हो ?
अहिले तीनवटै सरकारको मुख्य प्राथामकता भनेको बेपत्ताको खोजिनै हो । केन्द्र सरकारले विदेशी तथा स्वदेशी विज्ञहरुको समेत सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमार्फत बेपत्ताको खोजि कार्यलाई तिब्रता दिईरहेको छ । हामीले भदौ १० गते लगतै केन्द्र सरकारसंग हेलिकप्टर उडाउने अनुमति मागेर उद्दार र खोजिकार्य गर्न चाहेका थियौ । केन्द्र सरकारले त्यो अनुमति नदिएपछि प्रदेश सरकारको तर्फबाट त्यो सम्भाव भएन । तर, हामीले केन्द्र सरकारलाई बेपत्ताको खोजि तथा उद्दार र राहतको लागि सघाई रहेका छौ । त्योसंगै बाढी प्रभावितको लागि राहत र अस्थायी बसोबासको व्यवस्थापनमा पनि प्रदेश सरकारले काम गरिरहेको छ ।
बागमती प्रदेश सरकारले मृतक तथा बेपत्ता भएकाको परीवारको बारेमा के गर्छ ?
हामीले मृतकको परिवारलाई प्रति परिवार एक लाख रुपैया किरिया खर्च दिने योजना बनाएका छौ । यदि एउटा परिवारमा एक भन्दा बढीको मृत्यु भएको छ भने मृतकको संख्या अनुसार ५० हजारका दरले थप हुने छ । बेपत्ताको हकमा यहि परिवारका सदस्यले मृतक घोषणा गरी किरिया गरेको रहेछ भने उनीहरुले पनि उक्त रकम पाउने छन् । यो रकम स्थानीय पालिकाको सिफारीसमा पालिकाकै खातामा पठाउने व्यवस्था गरिने छ ।
त्यसैगरी बाढीमा परेर अभिभावक गुमाएका बालबालिकालाई आवसिय सुविधा सहित कक्षा– १२ सम्म निशुल्क अध्यनको व्यवस्था बागमती प्रदेश सरकारले गर्ने छ ।
बाढी प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको दिर्घकालिन योजना चाहि के छ ?
बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्युसंगै घरबारनै बगेर बगर बनेको छ । यस्तो अवस्थामा बाढी प्रभावितहरुको पुर्नस्थापना मुख्य कुरा हो । प्रदेश सरकारले उनीहरुको पुर्नस्थापनाको लागि स्थानीय सरकारसंग समन्वय गरेर काम गर्ने छ । सकेसम्म प्रदेश स्तरीय राष्ट्रिय विपद् प्राधिकरण गठन गरेर त्यस मार्फत खोला किनारका बस्ति स्थानान्तरण लगायतका काम गर्ने छ ।
त्यसैगरी क्षतिग्रस्त सडक निर्माण, पुल निर्माण लगायतका काम पनि प्रदेश सरकारको दिर्घकालिन योजना अन्र्तगत गरिने कामहरु हुने छन् ।

प्रतिक्रिया दिनुहोस्