काठमाडौँ/साहित्यकार शान्ति नीहारिकाले आफ्नो दोस्रो साहित्यिक कृति ‘पृथुला कविता संग्रह’ सार्वजनिक गरेकी छन् । छोरा यसन खड्काको जन्मदिनको अवसरमा साहित्यकार नीहारिकाले ‘पृथुला कविता संग्रह’ सार्वजनिक गरेकी हुन् ।
साहित्यकार शान्ति नीहारिकाले यस अघि उपन्यास ‘चट्याङको मूच्र्छना’ प्रकाशन गरिसकेकी छन् । चर्चित छन्द कवि प्रा.डा. देवी नेपाल लगायतका साहित्यकारहरुको उपस्थितिमा नीहारिकाको दोस्रो कृति ‘कविता संग्रह पृथुला’ सार्वजनिक गरिएको थियो ।
दियालो साहित्य सरगमले आयोजना गरेको ‘पृथुला कविता संग्रह’ सार्वजनिक कार्यक्रमको सभापतित्व शान्ति शर्माले गरेकी थिईन भने साहित्यकार शकुन्तला जोशीले ‘पुथुला कविता संग्रह’बारे टिप्पणी गरेकी थिईन ।
कार्यक्रममा चर्चित छन्द कवि प्रा. डा. देवी नेपाल, बलराम दहाल, डा. रेणुका सोलु, लेखक एवम् पत्रकार रोहित भण्डारी, सर्जकका अभिभावक भविन्द्र खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने हेम प्रभाष, रिमा केसी र एमपि पाण्डेले कविता बाचन गरेका थिए ।
गजल लेखनमा सक्रिय साहित्यकार शान्ति नीहारिकाले कविता संग्रह सार्वजनिक कार्यक्रमकै अवसरमा ‘नीहारिका गजल गुञ्जन– २०८३’ समेत प्रस्तुत गरेकी थिईन् । गजल गुञ्जनमा विश्व किर्तिमानी संगितकार सन्तोष श्रेष्ठ, गायक राजकुमार सुन्दास (राज सागर) तथा गायिका जलजला परियारले सांगितिक प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्