राजनीतिसमाचार

शिवाकोटी भन्छन्– पार्वत गुरुङको जित नै मेरो जित हो

दोलखा/नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दोलखाबाट एमालेका उम्मेदवार पार्वत गुरुङले जित्नु नै आफ्नो जित हुने बताएका छन् ।

सोमवार दोलाखको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङमा नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले बागमति प्रदेश कमिटीको सचिवालय सदस्य शिवाकोटीले दोलाखबाट पार्वत गुरुङलाई जिताएर पठाईयो भने सबैले जितेको अनुभूती हुने बताए ।

सबै दोलखालीले जितेको अनुभूति गर्नकै लागि दोलखाबाट एमाले उम्मेदवार पार्वत गुरुङलाई जिताउनु पर्ने शिवाकोटीको भनाई छ ।

अहिलेको अवस्थामा नेकपा एमालेलाई जिताउन सकिएन भने यो मुलुक रहने हो कि हैन भन्ने अवस्था आउने उल्लेख गर्दै एमाले नेता शिवाकोटीले यो मुलुकको लागि पनि एमालेको जित, पार्वत गुरुङको जित आवश्यक भएको बताए ।

उनले पार्वत गुरुङलाई जिताउन आफुले कुनै पनि कुरामा कमी नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । एमाले उम्मेदवार पार्वत गुरुङलाई कालिञ्चोक गाउँपालिकाबाट जिल्लाकै पालिकाहरु मध्य पहिलो मत दिएर पठाउनु पर्ने उल्लेख गर्दै त्यसको लागि सबै नेता– कार्यकर्ता लाग्नुपर्ने बताए ।

सम्बन्धित समाचार