बागमतीराजनीति

कालिञ्चोक गाउँपालकामा एमालेको चुनावी अभियान

दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिकामा नेकपा एमालेले एक सय ३१ सदसिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

नेकपा एमाले कालिञ्चोक गाउँपालिका कमिटीको बैठकले पार्टीको जिल्ला सल्लाहकार परिषद सदस्य डम्बर बहादुर आचार्यको संयोजकत्वमा पालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको जनाईएको छ । कमिटीको सह– संयोजक सुवास थामी रहेका छन् ।

गाउँपालिका कमिटी बैठकले निर्वाचन व्यवस्थापन, प्रचार– प्रसार, घरदैलो अभियान, मतदाता समन्वय, स्वयमसेवक परिचालन र उम्मेदवारको उपस्थितिमा विस्तारीत भेलालाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न बिभिन्न निर्णयहरु गरेको जनाएको छ ।

गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक डम्बर बहादुर आचार्यले निर्वाचन अभियानमा आपसी गालिगलौज तथा नकारात्मक टिकाटिप्पणी नगर्न र एमालेको उम्मेदवारलाई विजयी गराउने अभियानमा सक्रियता पूर्वक सहभागि हुन सबैलाई आग्रह गरेका छन् ।

बैठकमा नेकपा एमालेका नेता डबल पाण्डे, रोहित खड्का लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार