बागमतीराजनीतिसमाचार

प्रदेशको तर्फबाट निर्वाचन संयोजन गर्ने जिम्मा श्रेष्ठलाई

दोलखा/नेपाली कांग्रेसको युवा नेता एवम् बागमति प्रदेश कार्यसमिति सदस्य प्रभुराम श्रेष्ठलाई नेपाली कांग्रेस बागमति प्रदेशले निर्वाचनमा समन्वय गर्न संयोजकको जिम्मेवारी दिएको छ ।

श्रेष्ठलाई नेपाली कांग्रेस बागमति प्रदेश कार्यसमितिका उपसभापति चन्द्र मर्हजनको संयोजकत्वमा गठन भएको बागमती प्रदेश निर्वाचन परिचालन समिति तथा प्रदेश सचिवालयसंग समन्वय गरी पार्टीको उम्मेदवारलाई जिताउन निर्वाचन सम्बन्धि कार्य गर्नेगरी प्रदेशको तर्फबाट जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेस बागमति प्रदेश कार्यसमितिको माघ १४ गते बसेको बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो । संयोजक श्रेष्ठलाई दोलाखमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि, जिल्ला र क्षेत्रिय सभापति तथा सम्बन्धित जिल्ला र क्षेत्रमा गठन भएको निर्वाचन परिचालन, प्रचारप्रसार समिति र प्रदेश प्रतिनिधिसंग समन्वय गरी काम गर्ने जिम्मेवारी दिएको छ ।

यसै बीच नेपाली कांग्रेस दोलखाले माघ २३ देखि फागुन १८ गतेसम्म हुने चुनावी अभियान सार्वजनिक गरेको छ । दोलखा पार्टी सभापति बर्मा लामाले चुनाव प्रचार– प्रसारको लागि माघ २३ देखि फागुन १८ गतेसम्म नगरपालिका र गाउँपालिकामा हुने वडा सभा, बैठक, भेटघाट कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सम्बन्धित समाचार