यो पनिसमाचार

सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि अन्तरक्रिया

दोलखा/ सदरमुकाम चरिकोटमा विहिवार सुरक्षित बैदेशीक रोजगारी सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत आयोजित अन्र्तक्रियामा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकाल, सुरक्षित आप्रवासन सामी कार्यक्रमका अधिकृत उमा पौडेल र भीमेश्वर नगरपालिकाका रोजगार संयोजक डम्बर ओलीले बैदेशीक रोजगारमा जाँदा हुने चुनौती र त्यसका समाधानको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलखा जिल्लाबाट गत आर्थिक बर्ष श्रम स्वीकृत लिएर छ हजार छ सय ५० जना बैदेशीक रोजगारीमा गएको सुरक्षित आप्रवासन सामी कार्यक्रमले जनाएको छ ।

सम्बन्धित समाचार