दोलखा/दोलखा लायन्स सर्जिकल आँखा केन्द्र दोलखाको सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ । केन्द्रका सल्लाहकार तत्वकृष्ण श्रेष्ठको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।
बैठकमा तिलगङ्गा आँखा प्रतिष्ठान (नेपाल आँखा कार्यक्रम) का बाह्रय कार्यक्रम प्रबन्धक मोहन कृष्ण श्रेष्ठले दोलखा लायन्स सर्जिकल आँखा केन्द्र गरेका कार्यक्रमहरु, सामाजिक लेखा परीक्षण बैठकको उदेश्य लगायतको विषयमा जानकारी दिनुु भएको थियो ।
२०६० सालमा लायन्स क्लब अफ दोलखाले स्थापना गरेको दोलखा लायन्स सर्जिकल आँखा केन्द्रलाई २०६७ सालबाट तिलगङ्गा आँखा प्रतिष्ठान र लायन्स क्लब अफ दोलखाले शाखाको रुपमा सञ्चालन गरेको थियो ।
केन्द्रले दोलखामा सर्जिक आँखा केन्द्र (दोलखा), सामुदायीक आँखा केन्द्र (चरिकोट र जिरी) तथा ग्रामिण आँखा केन्द्र (सिंगटी, बैतेश्वर र तामाकोशी) मा सेवा दिदै आएको केन्द्रका प्रमुख विप्लव खड्काले बताउनुु भयो ।
केन्द्रले आलसम्म ओपिडीबाट ७३ हजार सात सय ४३ जनाको आँखा परीक्षण गरेको, समुदायमा शिविर सञ्चालन गरेर एक लाख, नौ हजार, तीन सय १४ जनाको आँखा परीक्षण गरेको र तीन हजार, छ सय ३३ जनाको मोतिया विन्दुको अप्रेशन गरेको केन्द्रका दोलखा प्रमुख विप्लव खड्काले बताउनुु भयो ।
केन्द्रमा अहिले अन्धोपन निवारण परियोजना सञ्चालन गरीरहेको र त्यसले आँखा शिविर, निशुल्क सल्यक्रिया, क्षमता अभिवृद्धि तालिम, ग्रामिण आँखा केन्द्रको स्थापना, विद्यालय आँखा कार्यक्रम, विद्यार्थीहरु लाई एक हजार सम्मको चश्मा निशुल्क वितरण लगायतका काम गरीरहेको तिलगङ्गा आँखा प्रतिष्ठानका बाह्रय कार्यक्रम प्रबन्धक मोहन कृष्ण श्रेष्ठले बताउनुु भयो ।
प्रतिक्रिया दिनुहोस्