बागमतीमुख्य समाचार

खुर्कोटको पुलबाट शनिवारसम्म यातायात सुुचारु हुुने

सिन्धुली, खुर्कोट/असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुलमा नेपाली सेनाले एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछापलाई जोडेको छ ।
बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले बुुधबार बेलुुका एमपिवि राखेर दुुई जिल्ला जोडेको हो । सो अवसरमा रामेछापबाट निर्वाचित प्रतिनिधिसभा सदस्य उर्जा राज्यमन्त्री कान्छाराम तमाङकाे समेत उपस्थिति रहेको थियो ।
असोज २२ गते बुुधवारबाट एमपिवि जडानको काम सुुरु नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौ दिनमा असोज ३० गते बुधवारनै जडानको प्रारम्भिक काम सकेर दुुई जिल्ला जोडेको हो । तामाकोशी– मन्थली– खुर्कोट सडक अन्र्तगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभागमा बर्षापछिको बाढीले क्षति गरेको थियो ।
अब एमपिवि (मोडुलर प्यानल ब्रिज) को डेकिङ युनिटको काम सुुरु हुुने र शनिवारसम्म जडानको काम पूर्ण रुपमा सकेर यातायात सुुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए ।


तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको पुुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताए ।
पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्ट्रक्सनको काम सकेर असोज २२ गते बुधवारबाट ब्रिज कन्ट्रक्सनको काम सुरु गरिएको थियो ।
बाढीले बनेपा– बर्दिवास वीपी राजमार्ग र खुर्कोटको पुलमा क्षतिगरेपछि दोलखा, रामेछाप, ओखलढुुङ्गा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुुपाल्चोकका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
नेपाली सेनाले खुुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा सकेर प्रशंसनिय काम गरेको दोलखा मेलुुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकर बताउछन् । पुलमा क्षति भएपछि दोलखा लगायत १० भन्दा बढी जिल्लाका बासिन्दालाई आवत जाओतमा समस्या भएको थियो थोकरले भने– नेपाली सेनाको सक्रियतामा चाँडै पुल जडानको काम सकिएकोले तिहारमा सहज हुुने भएको छ ।


खुर्कोटको पुल निर्माणको लागि नेपाली सेनाले प्राविधिक काम गरिरहेको छ भने सडक विभागले सामान उपलब्ध गराउने लगायतका काम गरिरहेको सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर प्रदिप तमाङले बताए ।

सम्बन्धित समाचार