दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ६ पाटागाँउमा घर भित्रै मृत भेटिएको बृद्धाको हत्या बासबस्न आएका छिमेकी गाँउका युवाले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
गत साउन १० गते आफ्नै घर भित्र मृत भेटिएको ७५ बर्षिय पदमकुुमारी सुुनुवारको हत्या बासबस्न आएका छिमेकी गाँउ कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ नर्मीका करिब २२ बर्षिय बिक्रम कार्कीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
बृद्धा सुुनुुवार आफ्नै घरमा मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले बागमति प्रदेश कार्यालय हेटौडाबाट केनाईन टोली माग गरी घट्ना स्थलको अनुसन्धानमा कुकुुरको समेत परिचालन गरेको थियो ।
कुकुरले अभियुक्त युवकको घरजाने बाटोसम्म पुु¥याउन सहयोग गरेको प्रहरीको भनाई छ । अनुसन्धानको क्रममा छिमेकीले मृतकको घर टोलमा आएका युवाको हुलिया र उनले नर्मी घर बताएको भनि दिएको जानकारीको आधारमा वडा नम्बर– ४ नर्मीका रमेश कार्कीको छोरा बिक्रम कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले अपराध स्वीकार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाले बताए ।
अभियुक्त बिक्रम कार्की दुुबई जान काठमाडौँमा अन्र्तवार्ता दिई साउन ९ गते घर फर्कीएका थिए । साँझ ७ः३० बजे कालिञ्चोक गाँउपालिकाकै सिसागोलाईमा ओर्लिएर घर जानेक्रममा पाटागाँउमा पुुगेपछि रातपरेकोले उनले मृतक पदम कुमारी सुुनुुवारको घरमा बास मागेका थिए । नर्मी गाँउमा सुनुुवारको नातेदार रहेको र बिक्रम पनि नर्मीकै भएकोले मृतक बृद्धाले उनलाई बास दिएकी थिईन ।
केही समय घर– व्यवहारको कुरा गरेर बिक्रमलाई चाउचाउ पकाएर खान दिई भान्सा कोठामा सुत्ने व्यवस्था मिलाई बृद्धा सुनुुवार कोठामा सुुत्न गएको प्रहरीको भनाई छ । बृद्धासंगको कुुराकानिको क्रममा बिक्रमले सामाजिक सुुरक्षा भक्ताको पैसा भएको अनुमान गरेको र त्यो लुट्ने मनसाएले बृद्धा निदाएको ठानी ढोका फोडेर भित्र पस्दा बृद्धाले देखेर चिच्याएकोले उनको हत्या गरेको हुुनसक्ने प्रहरी निरीक्षक लामाले बताए । बृद्धाको कोठामा पैसा खोज्नलाग्दा उनीले थाहापाएर चिच्याएपछि ढोका फुटाउन लगेको खुकुरीले ३÷४ चोटी हानेर हत्या गरेको बयान कार्कीले दिएको प्रहरी निरीक्षक लामाले बताए ।
श्रीमानको निधन भै सकेकोले मृतक सुनुवार घरमा एक्लै बस्दै आएको र तल अर्को घरमा बस्ने बुहारी र नाती पनि अर्को गाँउमा जन्मदिनको कार्यक्रममा गएकोले साउन ९ गते उनी एक्लै भएको प्रहरीले जनाएको छ ।
अभियुक्त बिक्रम कार्कीलाई जिल्ला अदालत दोलखाबाट पाँच दिनको म्याद लिई घट्नाको थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
तस्विर साैजन्य- अबिरल वस्नेत
प्रतिक्रिया दिनुहोस्