बागमतीमुख्य समाचारयो पनिसमाचार

दोलखामा चार केजी सुन सहित तीन जना पक्राउ

दोलखा/दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलाखको विगु गाँउपालिका स्थित जामुनेबाट चार केजी सुन सहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेको तीन जनामध्य दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ ।
चीन सरकारले आईतवारमात्र तिब्बतसंग जोडिएको दोलखाको दुईवटा नाका राेङसिया र क्वादम खुला गरेको थियो ।
सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । एक/एक केजीको चार पिस सुन सहित तीन जनालाई बुधवार रातिनै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाले बताउनु भयो ।
पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराईएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको समेत खोजि भै रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार